Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महिला सांसद नै राख्छन् पुरुष पिए

महिलालाई पुरुषले पछि पारेको गुनासो गर्ने महिला नेतृहरुले पिएका रुपमा आफैले पुरुषलाई मात्रै विश्वास गर्छन्। कांग्रेसका ५२ महिला सांसदमध्ये पुरुष पिए राख्ने ४० जना र महिला पिए राख्ने ९ जना मात्रै छन्। एमालेका ४५ महिला सांसदमध्ये पुरुष पिए राख्ने ३३ र महिला पिए राख्ने १२ जनामात्रै छन्।

यसैगरी एमाओवादीका २७ महिला सांसदमध्ये पुरुष पिए राख्ने १८ र महिला पिए राख्ने ९ जना छन्। अन्य दलका ४९ महिला सांसदमध्ये पुरुष पिए राख्ने ३१ र महिला पिए राख्ने १८ जना छन्। मनोनित चार सांसदमध्ये पुरुष पिए राख्ने दुई र महिला पिए राख्ने दुईजना छन्।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, एमाले महासचिव इश्वर पोखरेल पत्नी मीरा पोखरेल ध्वजु, सांसद सुशीला नेपाल, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, कांग्रेसका पूर्वसचेतक कमला पन्तदेखि आरजु राणा देउवाले पुरुष पिए राखेका छन्।

पुरुष पिए राख्ने महिला सांसदहरु सुरक्षा र काममा सहजताका कारण महिलालाई स्वकीय सचिव नबनाएको जिकिर गर्छन्। दुबै बराबर भएकाले पुरुषलाई पिए राखेको उनीहरुको तर्क छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने, महिला र पुरुष बराबरीलगायतको भाषण दिएर नथाक्ने अधिकांश महिला नेतृले आफ्नो पिए पुरुष राख्ने गरेका छन् । महिलाले पिएको भूमिका पूरा गर्न नसक्ने उनीहरूको तर्क छ । प्राय: राजनीतिक दलका नेतृहरू पुरुष पिए सुरक्षित र भरपर्दो हुने बताउँछन् । साँझ–बिहान बैठक हुने र महिला पिएले सो काम गर्न नसक्ने भएकाले पुरुष पिए नै राख्नुपरेको उनीहरूको भनाइ छ।





Comments

comments

Leave a Reply

10336