Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लिम्बुवान नेता लिङ्गदेनको उपस्थितिमा कतारमा संघीय लिम्बुवान एकता समाज गठन

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
नेपाल आदिवासी जनजाती महासंघ इजरायलले आयोजना गरेको २०औं विश्व आदिवासी दिवसमा प्रमुख अतिथीको निम्तोमा सो कार्यक्रमलाई सम्बोधन गर्न जानलागेका भर्खरै ५ लिम्बुवान राजनीतिक पार्टी र मोर्चाहरुको एकिकरण पश्चात् गठित नयाँ राजनितिक पार्टी “संघिय लिम्बुवान पार्टी नेपाल”का अध्यक्ष कुमार लिङ्गदेन “मिराक” कतार ट्रान्जिटमा रहंदा संघिय लिम्बुवान पार्टी नेपाल अन्तर्गत प्रवास समिति कतारले भेटघाट र अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्यो।

प्रवास समितिका अध्यक्ष नरेन्द कुमार्र एभेङ्ग लिम्बुको सभापतित्वमा सम्पन्न भएको भेटघाट कार्यक्रममा अव पूर्वमा एउटा नयाँ राजनीतिक शक्तिको उदय भएको बताउदै अध्यक्ष कुमार लिङ्गदेनले अव आगामी दिनमा पार्टीले समायोजन र मोर्चाबन्दी गर्दै आन्दोलनको खाका बनाउदै लैजाने, आगामी पाँच महिनाभित्रमा दशहजार भन्दा बढी सक्रिय कार्यकर्ता र दुईलाख भन्दा बढी साधाराण सदस्य बनाउने पार्टीको योजना रहेको, सवै पहिचानवादी शक्तिहरुको समेत सहभागितामा चाडैं राजधानीमा विशाल एकता घोषणा सभागर्ने लगायतका कार्यक्रमहरु रहेका तथा अव लिम्बुवान शक्तिले अर्को दरिलो फड्को मारेको हुनाले यो शक्तिले राज्य, प्रशासन समेतमा समेत निकै हलचल ल्याएको र सुरक्षा चासो बढेको बताए।

लिम्बुवान पार्टी र मोर्चाहरुको यो एकताले अन्य जनजाती पार्टीहरुलाई पनि एकतावद्ध भएर जानुको विकल्प नभएको दवाव परेको छ र निकट भविष्यमा अन्य पहिचानवादीहरु पनि गोलबन्द र एकढिक्को भएर अगाडी बढ्ने कुरापनि अध्यक्ष लिङ्गदेनले बताए। आफ्नो माटो, देश र समुदायको माया गर्ने यो पार्टी अन्त्यसम्म दिगो रहने सवैको समर्थन पाउने र पार्टीले आगामी दिनमा निर्णायक आन्दोलन गर्ने खाका बनाइरहेको र अरुण सप्तकोशी पूर्वका नौ जिल्लाहरु लिम्बुवान राज्य घोषणा गर्दै त्यहाँ रहेका सवै जातजाती, भाषा, लिङ्ग, वर्ग,, धर्म संस्कृति र समुदायलाई समावेसी ढंगबाट अगाडी बढाउनुपर्छ र यी क्षेत्रलाई साझा र समृद्ध भूमिको रुपमा विकास गरेर लैजाने पार्टीको धारणा रहेको अध्यक्ष लिङ्गदेनले बताउदै पूर्वमा अहिले जनजातीलगायत गैर जनजातीसमेत पार्टीमा धमाधम आवद्ध भइरहेको खुलासा गरे।

विभिन्न पाँच लिम्बुवान मोर्चाहरु विच एतिहासिक एकीकरण भएपछि जिल्लादेखि गाँउसम्मै एकता हुदै गइरहेको बताउदै अध्यक्ष लिङ्गदेनले बजारिया हल्ला चलेझैं संघिय लिम्बुवान पार्टी नेपालका कोहीपनि नेताहरु कसैको विकाउ पात्र नबन्ने, सवै पार्टीसंग राष्ट्रिय सवाल, संघिय लिम्बुवान राज्यको सवालमा वार्ताको ढोका खुला रहेको र पार्टीको कार्यदिशालाई तार्किक निष्कर्षमा पुरयाउने सवालमा कोही कसैसंपनि संझौता र समपर्ण नगर्ने प्रतिवद्धता जाहेर गरेका थिए।

मिङ्गसो सुहाङ्गको सचालन रहेको र तत्कालिन प्रवास समितिका प्रथम उपाध्यक्ष यातु कुमार सम्बाहाम्फेको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा कतारमा रहेका सक्रिय युवा किशोर सुनुवार, तिलविक्रम थेवेलगायतले आफ्ना मन्तव्य राखेका थिए।

गत २०७१, साउन १८ र १९ गते तदानुसार अगष्ट ३ र ४, २०१४ मा धनकुटा भेडेटारमा सम्पन्न भएको दूईदिने एतिहासिक एकता वार्तामा कुमार लिङ्गदेनको नेतृत्वमा रहेको मंच सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद्, संजुहाङ्ग पालुङ्गवाको नेतृत्वमा रहेको संघिय लिम्बुवान राज्य परिषद्, कमल छाराहाङ्गको नेतृत्वमा रहेको संघिय डेमोक्रेटिक पार्टी, रामभक्त कुरुम्बाङ्गको नेतृत्वमा रहेको लिम्बुवान मुक्ति मोर्चा र वीर नेम्बाङ्गको नेतृत्वमा रहेको लिम्बुवान मुक्ति मोर्चा विच एकिकरण भएर नेता कुमार लिङ्गदेनको अध्यक्षतामा नयाँ राजनितिक शक्ति संघिय लिम्बुवान पार्टी, नेपाल गठन भएको हो।

स्देशमा लिम्बुवान सम्वद्ध पार्टी र मोर्चाहरु विच यसरी एकीकरण र एकता भइसकेपछि संघिय लिम्बुवान पार्टी नेपालको भात्रृसंस्था प्रवास संगठन कतारले पनि नाम परिवर्तन गरेर संघिय लिम्बुवान एकता समाज, कतार राखेको छ। एकता पश्चात् यसअघि विभिन्न मोर्चामा आवद्ध रहेका साथीहरुलाई अव संघिय लिम्बुवान एकता समाज, कतारमा आवद्ध हुन आव्हान गर्दै नवगठित संघिय लिम्बुवान एकता समाज कतारले नरेन्द्र कुमार एभेङ्गको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ। सो तदर्थ समितिमा बरिष्ठ उपाध्यक्ष यतुकुमार सम्बाहाम्फे, द्धितीय उपाध्यक्ष मदन नेम्बाङ्ग, तृतिय उपाध्यक्ष देउकुमार नेम्बाङ्ग, महासचिव मिङ्गसो सुहाङ्ग, उपमहासचिव डम्बर लिवाङ्ग, सचिव तथा प्रवक्ता सेवालुङ्ग लिवाङ्ग, अर्थसचिव अविर मादेन, सह–अर्थसचिव किरण लिङ्गदेन, सचिवालय सदस्य देवी थगुवा, सोहित चेम्जोङ्ग, धनप्रसाद सांवा, चन्द्र आङ्गदेम्बे, रुद्र नेम्बाङ्ग र समिति सदस्यहरु, टिकाराम खड्का, एकोन आङ्गला, शुक्र लिम्बु, वीरेन्द्र जव्गु, यवुराज वेघा, तील विक्रम थेगीम, मोहन तुम्खेवा, सुरेन्द्र तुम्खेवा, मंजुल वनेम, यामकुमार राई र सरोज चौलागाई रहेकाछन् भने सल्लाहकार सदस्यहरुमा मान बहादुर सांवा, अम्वरकुमार लावती र श्याम सुहाङ्ग रहेकाछन्।





Comments

comments

1039