Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रमाइलो तीज कार्यक्रममा नेपाली महिला समाज कतारको निमन्त्रणा

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
नेपाली महिला समाज कतारले नेपालबाट लोक गायिका विनु तामाङ्गलाई ल्याएर नेपाली महिलाहरुको महानचाड हरितालिका तीज मनाउन आगामी २९ अगष्ट २०१४ शुक्रबारका दिन “रमाइलो तीज कार्यक्रम–२०७१” को आयोजना गर्ने भएको छ।

नेपाली महिला समाजले तेस्रोपटक आयोजना गर्न लागेको यस कार्यक्रममा नेपालबाट आउन लागेकी कुशल लोकगायिका विनु तामाङलगायत स्थानिय महिला कलाकारहरु गायिका कविता तामाङ्ग, नृत्याङ्गनाहरु संगीता लामा, कमला लामा, पवित्रा लामा, सोनाम लामा, सल्मा लामा, विनिता खड्का, उर्मिला राई, प्रमिला बस्नेत, सावित्रा खतिवडा, दिपा बस्नेत, रमा आचार्य, लगायतले गायन र नृत्य प्रतिभा प्रस्तुत गर्नेछन्।

परिवार, साथीसंगीहरुसंग नेपालमै तीज मनाइरहेको जस्तो प्रवासमा रहेका सवै दिदीबहिनीहरु सवैलाई लागोस् भन्ने पनि नेपाली महिला समाजले चाहेकोले सांगीतिक माहौलमा यसपाली तीज कार्यक्रम आयोजना गरेको बताउदै समाजका अध्यक्ष रेखा राई र समाजका कोषाध्यक्ष एवं “रमाइलो तीज कार्यक्रम–२०७१” का संयोजक सुष्मिता भुषालले कतारमा कार्यरत् नेपाली दिदीबहिनीहरुकै लागि यो कार्यक्रम आयोजना गरिएको हुनाले दिदीबहिनीहका लागि प्रवेश निशुल्क गरिएको तर पुरुषहरुका लागि भने ७० रीयल प्रतिव्यक्ति टिकटको व्यवस्था गरिएको बताए।

मुन्तजास्थित होलिडे भिल्लाको कार्यक्रम हलमा दिनको ११:३० वजेदेखि शुरु गरिने तीज कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं कार्यक्रममा कतारमा विभिन्न तह र तप्कामा कार्यरत् रहेका तथा सो दिन विदा पाउने सम्पुर्ण नेपाली महिलाहरुलाई सो कार्यक्रममा आएर नेपालबाट आउन लागेकी लोकगायिका विनुु तामाङ्ग र स्थानिय कलाकारहरुका साथ छमछमी नाँच्न नेपाली महिला समाजद्धारा सवैलाई हार्दिक निमन्त्रणा गरिएको छ भने पुरुष महानुभावहरुलाई प्रवेश शुल्क ७० रीयालको टिकट किनीदिएर नेपाली महिला समाजलाई सहयोग गरिदिन र तीज कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिएको छ।

नेपाली समुदाय, संघसंस्था, मिडिया लगायतलाई कार्यक्रमका लागि निमन्त्रणापत्र पठाइसकिएको र टिकट विक्रीका लागि सवैबाट सहयोग प्राप्त भईरहेको कार्यक्रम संयोजक भुषालले जानकारी दिए।





Comments

comments

1043