समाजसेवामा गायक राजेशपायल राई

देवराज राई / एचकेनेपाल डट कम-
हङकङ। गीत गाउंदै समाजसेवामा समेत लागेका गायक राजेशपायल राईले हङकङमा सम्पन्न मेलोडी नाईटमा सबैको मन हृदयलाई छोए। राई हङकङ बारम्बार आइरहनेमध्येका सबभन्दा व्यस्त कलाकार हुन् –“हङकङ आएको बिसौं पटक भयो, हङकङमा गीत सुनाउने तृष्णा कहिल्यै पूरा भएन।“ यसपालि उनले स्टेजमा गएर भनेको एक वाक्यांश हो यो।

राजेशलाई धेरैले आलोचना गर्दै भन्छन्। “राजेश चर्चा पाउन अनेक गर्छ ।“ तर आलोचकहरुलाई उनी जहिल्यै पछाडि छाडेर व्यवस्थित कलाकार बनेका छन्। उनको एप्स निर्माण भएको छ। सोसियल मिडियाहरुमा उनी सदैंव छाएका छन्। फेसबुक पेज भेरी फाइड भएको छ। युट्युवहरुमा लाखौको संख्यामा उनकै गीतहरु हेरिएका छन् तसर्थ राजेशपायल राई, नेपाली गायन क्षेत्रका भर्सटायल गायक र सबैको प्रिय कलाकार हुन्।

सबैभन्दा ठूलो कुरो नेपाली गीत, संगीत मार्फत विश्वका नेपालीहरुलाई जोड्ने काममा लागेका एक विशिष्ट नेपाली नागरिक पनि हुन्।

मेलोडी नाईटमा उनले– नाइँ नभन्नू ल…, छैन तिमी बाहेक…, बैगुनी रैछौं…, दिक्तेल बजार लगायतका आधा दर्जन गीतहरु गाए। सबै गीतहरुमा उनका फ्यानहरुले माया सद्भाव गरेको देखियो।

ह्युमन नेचर फाउण्डेशन नेपाल हङकङको आयोजनामा भएको सांगीतिक कार्यक्रम आफ्नो कला प्रस्तुत गर्न हङकङ आइपुगेका राजेशले संस्थाले विपन्न गरिब तथा असहाय बालबालिकाहरुको शिक्षादिक्षाकालागि सहयोग गर्ने उद्देश्यले कार्यक्रम अयोजाना गरेको कारण आफू एक जिम्मेवार कलाकार भएकोले आफ्नो पारिश्रमिक रकमबाट ५० हजार रुपैया संस्थालाई दिने घोषणा गरे।

मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट
हङकङका युवा नेपाली कलाकारहरुले नेपालमा शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको ह्युमन नेचर फाउण्डेशन नेपाल (एचएनएफएन) हङकङको आयोजनामा १७ अगष्ट २०१४ का दिन हेनरी जी लेउङ याउ मा तेई कम्युनिटी सेन्टरमा एक भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा चर्चित कलाकारहरु राजेशपायल राई, सुरेश कुमार क्षेत्री, अविनाश घिसिङ, भरत सिटौला लगायतका कलाकारहरु नेपालबाट आएका थिए। विशेषगरी एचएनएफएन नेपालका अध्यक्ष अविनाश घिशिङले नेपाली टोलीको नेतृत्व गरेका थिए। हङकङेली नेपाली कालकारहरुको पनि वेजोड प्रस्तुति रहेको कार्यक्रममा राज तामाङ, गणेश न्यौपाने, विनोद मेखू राई, ईन्द्रदेव राईको प्रस्तुति रहेको थियो। स्थानीय नृत्यकारहरुले कन्टेम्पोररी हिपहप डान्सहरु प्रस्तुत गरेका थिए।

नेपालमा मानवीय सहयोग गर्ने उद्देश्यले आयोजना भएको मेलोडी नाईटमा अन्य कार्यक्रमहरु भन्दा पृथक नरहेको दर्शकहरुको गुनासो रहेको थियो। नेपालका विपन्न, गरिब तथा अनाथ विद्यार्थीहरुकालागि शिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रम स्थलमा कुनै त्यस्तो आर्थिक संकलन गरिएन। राजेश पायल राईले भने स्वयंले ५० हजार पारिश्रमिक फिर्ता दिने वचन दिएका थिए।

एचएनएफएनले यस अघि समेत नेपालमा साठीहजार रुपैया बराबरको अध्ययन सामाग्रीहरु विद्यालयमा वितरण गरिएका जानकारी दिएको थियो। कार्यक्रमको संचलन प्रदीप मालबुलले गरेका थिए । कार्यक्रम सफल बनाउन अन्तिम राई, राज तामाङ, गणेश न्यौपाने, विनोद मेखू, रीत गुरुङलगायतका व्यक्तिहरुले आफ्नो शीप र समय खर्चेका थिए।

थप फोटोहरूः

तस्वीरहरूः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।

भिडियो हेर्नुहोस्





Comments

comments

1015