Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘हामी उठ्ने छौं’द्वारा स्कुल हस्तान्तरण

‘हामी उठ्ने छौं’द्वारा स्कुल हस्तान्तरण
विदेश बसेका नेपालीले भूकम्पपीडित बालबालिकालाई नयाँ विद्यालय बनाई दिए

एचकेनेपाल डट कम –
सिन्धुपाल्चोक, भूकम्पले भत्काएको सिन्धुपाल्चोक कर्थली–७ पोखरेस्थित श्री ईश्वरीमाला प्रावि ‘हामी उठ्ने छौं फाउण्डेसन’ ले निर्माण सम्पन्न गरी विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।

गत बैशाख १२ र २९ गते गएको भूकम्पले भत्किएको उक्त विद्यालय भवनलाई नयाँ संरचनामा निर्माण गरिएको हो। शुक्रबार आयोजित एक समारोहबीच अभिनेत्री एवं निर्मात्री रेखा थापाले उक्त भवनको उद्घाटन गरेकी हुन् उक्त समारोहमा हाँस्यकलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो।

२१ लाख ५ हजार लागतमा निर्माण गरिएको उक्त भवनमा कक्षा कोठाका साथै विद्यालयको कार्यालय र शौचालय समेत रहेको छ। विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै नायिका थापाले आफ्नो देश बनाउन सबैजना आ–आफ्नो स्थानबाट अग्रसर हुनुपर्ने र सकभर अरुको मुख ताक्नेभन्दा पनि आफ्नो पाखुरा खियाउने बानी बसाल्नु पर्ने बताईन्।

भूकम्पले अति क्षति गरेको सिन्धुपाल्चोक जिल्लाको दुःख सुनेर पनि आउन नसकेको बताउदैं नायिका थापाले ढिलै भएपनि यस्तो पुण्य काममा सहभागी हुन पाउंदा अत्यन्तै खुशी महसुस भएको सुनाइन्। विद्यालयले देशकै होनहार ब्यक्तिहरु जन्माउन सकुन भन्ने उनको शुभेच्छा थियो। आफू सिन्धुपाल्चोकमै जन्मिएको कारण यो जिल्लासंग मातृत्वको नाता रहेको बताउदैं हाँस्य कलाकार जितु नेपालले विद्यालय भवन हस्तान्तरण जस्तो पुनित कार्यमा सहभागि हुन पाउदा खुशी ब्यक्त गरे। नेपालले कार्यक्रम संचालन गर्दै विभिन्न हाँस्यब्यंगहरु पनि प्रस्तुत गरेका थिए।

फाउण्डेसनले सोही स्कुलमा तीन लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ। उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग गरिनेछ। उक्त विद्यालय भवन निर्माण गर्न हङकङ, मकाउ र चीनमा बसोबास गर्नेहरुले आर्थिक सहयोग गरेको फाउण्डेसनले जनाएको छ।

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

10476