नइलाई डा.उपाध्यायबाट एघार लाख

नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ।

डा. कपिलदेव उपाध्याय

उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई आज हस्तान्तरण गर्नुभएको हो । यसभन्दाअघि डा. उपाध्यायले नइ प्रकाशनको अक्षयकोषका लागि छ लाख रूपियाँ प्रदान गर्नुभएको थियो ।

नइ प्रकाशनले दुर्गम क्षेत्रका जेहेनदार विद्यार्थीको हित हेतु एघार लाख रूपियाँमध्ये दस लाख रूपियाँ राशिको व्याजबाट ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ दुर्गम जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने दुई जना छात्रालाई प्रदान गरिने छ ।

नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड छैसट्ठी लाख रूपियाँ मौजुद रहेको छ ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

106574