Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनले तीन वर्षभित्रै केरुङसम्म रेल ल्याउने

त्रिदेशीय सहकार्यमा जोड दिँदै आएको चीनले सिगात्से–केरुङ रेलमार्ग तीन वर्षमा जोडिसक्ने घोषणा गरेको छ।

त्यो नाकालाई ‘वान वेल्ट वान रोड’ को सीमा केन्द्रका रुपमा विस्तार गर्ने योजनासहित चीनले त्रिपक्षीय सहकार्यका लागि अघि बढाउन लागेको जानकारीसमेत दिएको छ।

तिब्बत सरकार प्रमुख लोसाङ ज्यानछुनले १३ औं पञ्चवर्षीय योजनामा परियोजना पारेका हुन्। उनले यो वर्ष तिब्बतमा एक हजार तीन सय किलोमिटर रेलमार्ग निर्माण आरम्भ गर्ने नीतिअनुरुप पहिलो प्राथमिकतामा सिगात्से–केरुङ रहेको जानकारी नेपाललाई दिएका छन्।

चीन–नेपाल–भारत त्रिदेशीय आर्थिक करिडोरका लागि चीन सरकारले केरुङ नाकालाई उपयुक्त ठहर गर्दै त्यसमा अडेर परियोजना अघि बढाएको विज्ञहरुको अड्कल छ। आजको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10919