Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कांग्रेस नेताको गोली हानी हत्या, अर्का एक घाइते

काठमाडौं, अज्ञात समूहको गोली प्रहारबाट धनुषाका स्थानीय नेपाली कांग्रेसका नेताको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको बालाबाखर-४ मा कांग्रेस नेता राजेन्द्रप्रसाद यादव रहेका छन्।

शुक्रबार राति जन्ती गएका कांग्रेस बालाबाखरका इकाइ समितिका पूर्वसभापति समेत रहेका क्षेत्रीय प्रतिनिधि यादव बेपत्ता भएका थिए। पछि उनको शव भेटिएको हो। अज्ञात समूहले दुई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। ५० वर्षीय यादवको पेट, छाती र घाँटीमा गोली लागेको जनाइएको छ। हत्याको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसै गरी, धुनुषामै मोटरसाइकलमा आएका एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ। गोली लागेर धनुषाको गणेशमानचारनाथ नगरपालिका –२ निवासी अन्दाजी ४० वर्षीय नसिमुल्लाह राईन घाइते भएको प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

10924