Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशबाट फर्केपछि ब्यवसायसँगै समाजसेवामा लाग्दै यूवाहरु

पुष्पराज लामिछाने, काठमाडौं न्यूरोडस्थित ब्यवसाय गर्दै आएका ब्यसायीहरुको भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज न्युरोड शाखा गठन गरेका छन्।

केही बिदेशबाट फर्किएका र स्थानीय ब्यवसायीहरु मिलेर समाजिक सेवाका लागि आफूहरुले रक्तदाता समाजको न्यूरोड शाखा गठन गरेको समाजका सदस्य नेत्र लामिछानेले जानकारी दिए।

रक्तदाता केदारप्रसाद न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो। सो शाखाको उपाध्यक्षमा घनश्याम अधिकारी, सचिवमा भुपाल पौडेल, कोषध्यक्षमा भारत खरेल रहेका छन्। त्यसैगरि सदस्यहरुमा दामोदर भट्टराई, बैकुण्ठ दहाल, प्रकाश प्रधान, जीवन सापकोटा, नारायण न्यौपाने, नेत्र लामिछाने र पिताम्वर नेपाल रहेका छन्।

समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्मचार्यको उपस्थितिमा सो भेलाले राष्ट्रिय ब्यपार संघका अध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, टेकप्रसाद डुम्रे, पदमप्रसाद पौडेल, तुलसीराम न्यौपाने कृष्ण पराजुली र दिनेश श्रेष्ठ रहेको सल्लहाकार समिति पनि गठन गरेको छ।





Comments

comments

Leave a Reply

10934