Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुशीललाई श्रद्धाञ्जलि दिन बसेका युवाको गोली हानी हत्या

तौलिहवा (कपिलवस्तु): वाणगङ्गा नगरपालिका–१० जितपुरमा एक अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीयवासी राजेश सेनको मृत्यु भएको छ।

छातीमा गोली लागी गम्भीर भएका ३७ वर्षीय सेनको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले बताए।

सेन जितपुर ४ नं चोकमा नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बनाएको मञ्च नजिकै बसिरहेका उनको हत्या भएको हो।

मञ्चमै रहेका बेला उनलाई रातो रङको मोटरसाइकलमा आएका दुई युवकमध्ये एकले जमिन उत्रेर चार राउन्ड गोली प्रहार गरेको स्थानीयबासीले बताएका छन्।

साँझ साढे सात बजे नम्बर प्लेट नभएको मोटरसाइकलमा आएका व्यक्तिले सेनमाथि गोली प्रहार गरेका थिए। गोली प्रहारसँगै स्थानीय युवाले घटनास्थल जितपुर चोकमा प्रहरीविरुद्ध नाराबाजी गरेका छन्। घटनापछि त्यहाँको स्थिति तनावपूर्ण भएको थियो।

अहिले सो क्षेत्रमा यातायात बन्द रहेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताए । सेनको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ। रासस





Comments

comments

Leave a Reply

11034