होली खेलेर नुहाउने क्रममा सुनकोशीमा तीन बालबालिका बेपत्ता

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन्। उनीहरु नुहाउन नदीमा जाँदा आइतबार दिउँसो बेपत्ता भएका हुन्।

-

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा १४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन्।

त्रियुगा १४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु आज दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। ५ जना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि २ जना चाहिँ निक्लन सफल भएका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको जारी राखेको जानकारी दिए।





Comments

comments

110971