होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु

फाइल तस्विर

काठमाडौं । ललितपुरको ढोलाहिटीमा गएराति दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी घर भई धोलाहिटी बस्ने अन्दाजी ३० वर्षीय पूजन राई र २८ वर्षीय रोबर्ट राई छन्।

ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा होलीको विवादमा दुई पक्षबीच झडप हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि शरीरमा छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज एसपी सुवेदीले जानकारी दिए। उनीहरुको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ।

दुई जनाको मृत्यु भइसकेपछि मात्र खबर पाएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

110999