Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दम्पत्तीलाई जेलभित्रै सेक्स सुविधा

काठमाडौं, १० भदौ । कैदीले जेलभित्रै श्रीमतीसँग शारीरिक सम्पर्क राखन पाउने भएको छ। सरकारले यौनसम्पर्क राख्ने कोठासहित नयाँ कारागार निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।

कैदी बन्दीको प्रजनन अधिकारका लागि कारागार व्यवस्था विभागले श्रीमतीसँग शारीरिक सम्पर्क राख्न दिने गरी नुवाकोटमा नयाँ कारागार निर्माण थालेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

श्रीमान श्रीमतीले नै जेल परेकाले मात्र यस्तो सुविधा लिन पाउँछन्। अदालतको आदेशअनुसार हामीले कैद बन्दीको प्रजनन अधिकार सुनिश्चित गर्न लागेका हौं कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले भने।





Comments

comments

1126