मनाङ मर्स्याङ्दी धरानमा जारी १८औं बुढासुव्वा गोल्डकपको फाइनलमा

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, १९ फागुन। साविक विजेता शसस्त्रको एपीएफलाई पाखा लगाउदै मनाङ मस्याङ्दी धरानमा जारी १८औ बुढासुव्वा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो सेमीफाइनलमा गतवर्ष फाइनलको हारको वदला लिदै एपीएफलाई २ का विरुद्ध ३ गोलले पाखा लगाउदै मनाङ उपाधि नजिक पुगेको हो।

मनाङलाई अन्तिम दुईमा पुर्याउन एपीज ओलावल, कप्तान अनिल गुरुङ र अनन्त तामाङले गोल गरे । एपीज ओलावलेले खेल सुरु भएको पहिलो मिनेटमै हेमन गुरुङको कर्नर पासमा उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। तर मनाङको अग्रता लामो समय टिक्न सकेन खेलको ७ औ मनाङका विराज महर्जनले एपीएफका अन्जन विष्टलाई डि बक्स नजिक लडाएपछि पाएको फ्रि किकको मौका लाई एपीएफले चुक्न दिएन।

एपिएफका रमेश दंगाले गोल गर्दे खेल बराबरीमा पुर्याए। सुदिप सिखकारको फ्रिकिकलाई सदुपोग गर्दै दंगालले गोल गरेका थिए । खेल बराबरीमा पुर्याए सगै हौसिएका एपिएफका लागि अन्जन विष्टले गोल गर्दै एफीएफलाई अग्रता दिलाएका थिए । उनले एकलैे लगेर वान भर्सेज वान गोल गरेका थिए। तर उनलको अग्रता पनि लामो समय टिक्न सकेन १ गोलले पछि परेको मनाङका लागि २६औ मिनेटमा गोल गर्दै मनाङका अनिल गुरुङले खेल बराबरीमा पुर्याए। गुरुङले सुवल श्रेष्ठको कर्नर पासमा हेडिङ गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको पहिलो सेमी फाइनलमा अन्तिम तथा निणायक गोल ६१ औ मिनेटमा मनाङ अनन्त तामाङले हेडिङ गोल गरेका थिए । उनले विशाल राईको फ्रिकिकमा हेडिङ मार्फत गोल गर्दै आफ्नो टिमलाई उपाधि नजिक पुर्याएका थिए।

पहिलो हाफको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा मनाङले निकै राम्रा मौकाहरु सदुपयोग गर्न सकेनन् । मनाङका लागी पहिलो हाफको ४३ औ मिनेटमा पाएको पेनाल्टिको अवसर समेत सुजल श्रेष्ठले गुमाए । उनका पेनाल्टि माथिको बारमा लाग्दै फर्किएको थियो । एपीएफका सराज कोइरालाले मनाङका एपिज ओलावलेलाई डिक्स भित्र फल गरेपछि रेफ्र सुदेश पाण्डेले पेनाल्टीको अवशर दिएका थिए । त्यसोत खेलसुरु भएको २२ औ मिनेटमा पेनाल्टि एरियावाट गरेको प्रहार आकासियो भने विशाल राई बी को फ्रिकिक प्रहार विपक्षि रमेश दंगालले विफल तुल्याइदिए भने ११ औ मिनेटमो अनिल गुरुगंको पासमा विशाललेनै गरेका गोल प्रहार विपक्षि उनै दैगालले उत्कृष्ट बचाउ गरे।

दुई दर्जनभन्दा धेरै कर्नर पाएको मनाङले कर्नरको सदुपयोग भने गर्न सकेन । दास्रो हाफमा पाएका केही राम्रा अशरहरु अनिल , एपीज र तेज तामाङले सदुपयोग गर्न सकेनन्। खेलको नतिजा आफ्नो पक्षमा भएपनि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ त्यति खुसी देखीएनन् । ७५ प्रतिशतमात्र खेलेको र डिफेन्स लाई केही कमजोर भएका कारण गोल खानु परेको उनको प्रतिक्रिया थियो । उनले सहजै जित निकाल्ने सक्ने अवस्था भएपनि रेफ्रिको कारण केही समस्या भएको समेत आरोप लागाए । उनले एपीएफले गरेको दोस्रो गोल अफ साइड भएपनि रेफ्रीले नदिएको भन्दै आक्रोश पोखे।

सुरुवातमा धेरै अवशर बनाएपनि स्कोर गर्न नसक्दा दोस्रो पटक बुढा सुब्बा गोल्डकप उचाल्ने एपीएफको सपना चकानाचुर बन्यो। यो सिजनमा पहिलो पटक भेट भएको मनाङलाई पराजित गर्न नसक्दा अन्तिम चारवाटै घर फर्कन बाध्य बन्यो साविक विजेता एपीएफ। एपीएफले गतवर्ष पहिलो पटक उपाधि उचालेको थियो। खेलाडी विच तालमेल नहुदा अन्तिम चारवाटै बाहिरिनु परेको एपिएफका प्रशिक्षक जनक सिंहले वताए।

खेल राम्रो खेलको भएपनि आफ्नै गल्तिका कारण हार वेहोरेका वताउलै सिंहले भने –“ खेलाडीहरुले मार्किङ गर्न नसक्दा ३ गोल खानु पर्यो।”
यस अघि मनाङले क्वाटर फाइनलमा भुटानको सीएफसी लाई ८ शून्यको लामो अन्तरले पराजित गरेका थियो भने एपीएफले कास्की ११ पोखरलाई ट्राइवेकरमा ४का विरुद्ध ५ गोल अन्तरले पराजित गरेको थियो।

आइतबारको खेलको म्यान अफ दी म्याच मनाङका विराज महर्जन घोषित हुदै नगद ५ हजार पाए। बिहीबारको दोस्रो सेमिफाइन खेल ३ पटकको विजेता नेपाल पुलिस क्लब र पहिलो पटक सहभागी रुपन्देही ११ बिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।





Comments

comments

Leave a Reply

11401