Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डिसीमा यसरी मनायो महिला दिवस

विजय थापा, वाशिंगटन डिसी-
उत्तर अमेरिका कै नेपाली समुदायको सबैभन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष शैलीमा आयोजना गरि नौलो उदाहरण प्रस्तुत गरेको छ।

डिसी क्षेत्रमा हरेक बर्ष अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपाली डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका नेपाल सोसाइटीले उछिनेको छ।

कार्यक्रममा संस्थाकी यशोदा भण्डारीले सम्पन्न भएको कार्यक्रमको प्रकरणबारे मन्तब्य राखेकी थिइन् भने उन्ले कार्यक्रम संचालन गरेकी थिइन्। मन्तब्य दिने क्रमममा मनासस शहरका परिषदका परिषद सदस्य मार्क टी एवेनीले महिला दिवसको शुभकामना दिदै अमेरिका अवसरको भूमि हो भने। उनले १९५० मा मेरो आमा बुवा ईटालीबाट अमेरिका आएको र उनका सन्तान म आज यहाँ परिषद सदस्य भएको छु भने। उनले थप जानकारी दिदै बिशेष गरि युवा वर्गलाई ठूलो मौका पाउने छन् भन्दै यस्तो अवसर नेपाली समुदायले पनि पाउने बताए।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरुले महिला हक ,अधिकार ,थिचोमिचो ,बिद्रोह ,असन्तुष्टि व्यक्त नगरी यस क्षेत्रमा रहेका बिभिन्न पेसा ,ब्यबसाय र जमेर बसेका महिलाहरुले अमेरिकामा आफूले भोगेका समस्या ,अनुभव ,अनुभूति ,चुनौती ,सामना गरिनु परेका कठिनाई ,उपलब्धि आदि ईत्यादी बिषयमा विचार प्रस्तुत गर्नुका साथै आफ्ना कुराहरु हिस्सा पनि गरेका थिए।

महिला वक्ताहरुमा क्रमशः माधवी बस्नेत कार्की ,मंजु संग्रौला ,बन्दिता दाहाल ,​ प्रभा ​ देउजा ,मन्दिरा मैनाली ,सरिता कट्टेल आचार्य ,निलु उप्रेती ,कल्पना भण्डारी ,सुनिता अमात्य ,सबिना खनाल ,अस्मिता अधिकारी ढकाल ,प्रज्ञा अधिकारी ,चारु मल्ल ,अर्बिना श्रेष्ठले धेरै कुराहरु राख्दै कुनै कुराहरुको सल्लाह ,सुझाब र केहि जिज्ञासा भए सम्पर्क गर्न समेत आग्रह गरेका थिए।

महिला ब्यबसायिक भेटघाट ,सामाजिक संजाल ,एएनएस नामकरण गरिएको उक्त कार्यक्रममा संस्थाका सभापति जीवन तिवारीले स्वागतको साथै सहभागीलाई धन्यबाद दिएका थिए।

संस्थाका महासचिब प्रेम पौडेलले संस्थाका आगामी कार्यक्रम बारेमा जानकारी गराएका थिए भने संचार निर्देशक सुजित अर्यालले संस्थाको कार्यक्रमलाई सामाजिक संजाल तथा सूचनामार्फत समुदायमा पुर्याएकोमा सबैलाई धन्यबाद दिएका थिए।

कार्यक्रममा नेपाली समुदायका बिभिन्न संघ तथा संस्थाको तर्फबाट जन सम्पर्क समिति भर्जिनिया शाखाका सभापति राम शरण हुमागाई ,अमेरिका नेपाल सहयोगी समाजका पदम रेग्मी ​ तथा ​ अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष प्रेम संग्रौलाले पनि मन्तब्य राखेका थिए।





Comments

comments

Leave a Reply

11464