यूकेमा पल्युल बौद्ध संघ स्थापना

एचकेनेपाल डट कम संवाददाता –
लण्डनः दिनांक ०५ मार्च २०१६को दिन दक्षिणपूर्व लण्डन क्षेत्रका बौद्धधर्ममा आस्था राख्ने विभिन्न नेपाली संघसंस्थाहरुका प्रत्तिनिधिहरुको अगुवाईमा सम्पन्न बैठकद्वारा सुमलकुमार गुरुङको अध्यक्षतामा पल्युल बौद्ध संघ यूकेको स्थापना भएको छ।

गतवर्षदेखि विभिन्न चरणमा बौद्धधर्मप्रत्ति आस्था राख्ने श्रद्धालुहरुको बैठक बौद्ध धर्मालम्बिहरुको लागि एउटा गुम्बा स्थापना गर्ने विषयमा सम्पन्न हुंदै आएको थियो। सुमलकुमार गुरुङ र हितमान गुरुङको संयोजनमा सम्पन्न विभिन्न समयमा सम्पन्न पूजा र प्रवचनहरुको कार्यक्रममा बहुसङख्यक श्रद्धालुहरुको सहभागितालाई दृष्टिगत गरी एउटा बौद्ध गुम्बा निर्माण गर्ने लक्ष्य रहेको थियो। यस कार्यका लागि नर्थ लण्डनको ईजलिङ्टन स्थित निङमपा तिबेत्तियत बुद्धिष्ट सेन्टरका श्रद्धेय धर्मगुरु, पेमा रिम्पोचे तथा उनका सहयोगी गुरुहरु क्रमशः लोपेन दावा तथा लामा दावा नोर्बुसंगको सम्पर्कमा आएपछि पल्युल गुम्बा सञ्चलानको सहयोगार्थ त्यस गुम्बालाई दक्षिणपूर्व लण्डन क्षेत्रमा स्थापना गर्ने विषयमा सहमति भएको थियो।

सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न बैठकमा विभिन्न संघसंस्थाका प्रत्तिनिधि तथा अध्यक्षहरुको सहभागिता रहेको थियो । विभिन्न विषयमा छलफल गरेर सुमलकुमार गुरुङलाई अध्यक्ष, हितमान गुरुङ उपाध्यक्ष, योगेश गुरुङ महासचिव, राम गुरुङ सहसचिव, सुर्जा गुरुङ सहकोषाध्यक्ष, भण्डार सचिवमा महेन्द्र शाक्य, पूजा व्यवस्थापन सचिवमा चन्द्र गुरुङ, खानपान सचिवमा श्याम शेरचन लगायत सदस्यहरुमा जामान थकाली, मन बहादुर छन्त्याल, पे्रम कुमार गुरुङ, हरिकाशी (मन्जु) गुरुङ, सिता गुरुङ, रिना गुरुङ, लक्ष्मि गुरुङ, चन्द्रकला गुरुङ, मनमाया गुरुङ, ज्योती गुरुङ तथा सारादेवी गुरुङ सहितको कार्यकारी समिति गठन भएको छ । यस संघका लागि हाल सल्लाहकारहरुमा क्रमशः टंक थकाली, हरी (गोविन्द) गुरुङ, श्रीचन्द्र गुरुङ, कुमार श्रेष्ठ, गिरीमान गुरुङ तथा मनमान गुरुङलाई मनोनित गरेको छ । बैठकले यसक्षेत्रमा सक्रिय विभिरुन्न नेपाली संघसंस्थाका अध्यक्षहरु स्वतः सल्लाहकारमा मनोनित गरिने निर्णय गरेको छ।

भोजन र जलपानको व्यवस्था संघका उपाध्यक्ष हितमान गुरुङ तथा हरिकाशी गुरुङले बन्दोबस्त गरेका थिए। बृहत छलफल पश्चात नवनिर्वाचित अध्यक्ष सुमलकुमार गुरुङले यस क्षेत्रका सम्पूर्ण बौद्ध धर्मअवलम्बिहरुलाई समेट्दै यस संघले मानव कल्याण र विश्वशान्तिका लागि बौद्धधर्मको प्रवर्धन गर्ने कुरा बताएका थिए तथा सबैलाई आभार व्यक्त गर्दै बैठक समापन गरेका थिए।





Comments

comments

Leave a Reply

11462