श्रीपेच प्रदर्शनीमा राख्ने तयारी

सरकारले नारायणहिटीको सैलुन कक्षका नेपाली सेनाको कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच प्रदर्शनीमा राख्ने तयारी गरेको छ।

सोकस तयार भएको तीन वर्षपछि संस्कृति मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, नास्टलगायत निकायलाई पत्राचार गरी बुलेटप्रुफ सिसाको प्राविधिक परीक्षण गर्न पत्राचार गरेको खबर समाचारपत्र दैनिकमा छ।

संस्कृति मन्त्रालयका सचिव प्रेम राईले नेपाली सेनालगायतका सुरक्षा निकाय र प्राविधिक टोलीले निर्णय गरे आउँदो वैशाख १ गतेदेखि सर्वसाधारणका लागि श्रीपेच, राजदण्डलगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी भएको बताए।

तीन दिनअघि गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, संस्कृति मन्त्रालयका सचिव राई र रक्षा मन्त्रालयका सहसचिवसहितको उच्चस्तरीय टोलीले श्रीपेच राख्ने कक्षको अवलोकन गरेका थिए।





Comments

comments

Leave a Reply

11460