महिला दिवसमा बिरामी श्रीमती र बिष खाने श्रीमानलाई २ लाख सहयोग

एचकेनेपाल डट कम संवाददाता –
महिला दिवसको अवसर पारेर न्युयोर्कका अर्जुनप्रसाद मैनालीले बिरामी श्रीमती र बिष खाने श्रीमानलाई २ लाख रुपैयाँ सहयोग गरेका छन्।

गत भाद्र २४ गते गुल्मी रेसुङ्गा न.पा. १४ की हिमा तङनामी मगर रुखबाट लडेर घाइते भएकी थिइन्। गरिबीको कारणले ६ महिनासम्म पनि उपचार गराउन नसकेपछि उनका लाचार श्रीमान कृष्णबहादुर तङनामी मगरले विष सेवन गरी आत्महत्याको प्रयाश गरेका थिए।

श्रीमतीको पीडा सहन नसकेका मगरले ‘श्रीमती बचाउन नसक्ने देखेपछि श्रीमान भएर बाच्नुको अर्थ नै देखिनँ’ भन्दै बिष खाएका रहेछन्, मैनालीले बताए।

‘म आफू पनि कसैको श्रीमान भएको सम्झी करुणा जाग्यो’, मैनालीले भने। जग्गा जमिन केही नभएका ति दुखी गरिब मगर परिवार र बाल बच्चाहरुका लागि महिला दिवसका अवसरमा अलिकति तरकारी बारी किनी दिन गुल्मीका घनश्याम गौतममार्फत २ लाख सहयोग पठाएको मैनालीले जनाएका छन्।

मैनालीले बिभिन्न दाताहरुको सहयोगमा हाल बीर अस्पतालमा उपचार भई रहेकी हिमाको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।





Comments

comments

Leave a Reply

11466