Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल पत्रकार महासंघ, बेलायतमा को को छानिए? हेर्नुहोस्

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
लण्डन। नेपाल पत्रकार महासंघ, बेलायत शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवेशन अघि नै अध्यक्ष पदमा नरेश खपाङ्गी मगर निर्विरोध निर्वाचित भएका थिए भने सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पुर्ण गुरुंग र सहकोषाध्यक्षमा रोशन राई साथै सदस्यहरुमा नृपेश उप्रेती, सुजन पराजुली, नरेन्द्र बस्नेत र भावना परिस्कृत सुनुवार पनि निर्विरोध निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल र धर्मराज अधिकारी, उपाध्यक्षमा ध्रुबराज अर्याल र मिलन वाग्ले तथा महासचिवमा लिलामान शेरपुञ्जा र नारायण गाउंले बिच सर्वसम्मत हुन नसकेपछि चुनावी मैदानमा उत्रिएका हुन्।

६ मार्च आइतबार भएको मतदानमा बरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेलले ३२ र धर्मराज अधिकारीले २३ मत पाएका छन्। उपाध्यक्षमा ध्रुवराज अर्यालले ३६, मिलन शर्माले १९ मत पाए भने महासचिवमा लिलामान शेरपुर्जाले ३१ र नारायण गाउँलेले २४ मत पाएका छन्। निर्वाचन समितिका अनुसार ४ जना सदस्यहरु थप गर्ने गरी बनेको नयाँ समितिमा सम्पूर्ण क्षेत्रलाई समेटिएको शाखाले जनाएको छ।

लण्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा भएको अधिवेसनमा प्रमुख अतिथि कार्यबाहक राजदुत तेजबहादुर क्षेत्री ,केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट,निर्वाचित अध्यक्ष खपाङ्गी ,केन्द्रीय उपाध्यक्ष अनिता बिन्दु , प्रवासी नेपाली मंच युकेका अध्यक्ष रामशरण सिमखडा, महासंघका केन्द्रीय महासचिव उजिर मगर, एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरूङ्, प्रगतिशील नेपाली मंचका सुरेन्द्र श्रेष्ठ, फोनिज युकेका अध्यक्ष विश्वासदीप तिगेला, महासंघ युरोपका अध्यक्ष केजिन राईलगायतले नवनिर्वाचित समितिलाई नयाँ कार्यकाल सफल्ताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि क्षेत्रीले बेलायत पत्रकार महासंघले दूताबासका हरेक क्रियाकलापको समाचार संप्रेषण गरेर बेलायतबासी नेपाली समाज माँझ सकारात्मक सन्देश पुर्याएकोमा खुशी व्यक्त गरेका थिए। जनस्तरसम्म सूचनाको पहुँच पुर्याउन नयाँ नेतृत्वले कार्य गर्न आवश्यक रहेको औल्याउदै नयाँ समितिलाई शुभकामना दिएका थिए। कामकाजी समितिको रुपमा प्रस्तुत हुन निर्देशित गर्दै उहाँले पत्रकारिताको बिकासलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विशेष अतिथि एवं नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष बिष्टले ब्यवसायिक पत्रकारिताको बिकासमा बेलायत शाखाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। पत्रकारिताको बिकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले पत्रकार महासंघले आवश्यक्ता अनुसार पत्रकारिताको हितमा कार्य गर्नेमा बिश्वास दिलाउनुभयो।

त्यस्तै नवनिर्वाचित अध्यक्ष खपाङ्गीले शाखामार्फत बेलायती मूलधारको प्रेससित सम्बन्ध बढाउदै अघि बढ्ने बताउँनु भयो।





Comments

comments

Leave a Reply

11511