देउवाले यसरी जिते…

गिरिजाप्रसाद र सुशील कोइरालासँग पराजित भएका देउवा संस्थापनमा देखिएको प्रस्ट विवादको फाइदा उठाउँदै यसपटक भने रामचन्द्र पौडेललाई ५२६ मतान्तरले पराजित गर्दै पार्टी सभापति बने।

पहिलो चरणको चुनाव नसकिादै सबै उम्मेदवारका प्रचार सामग्री निर्वाचनस्थलबाट हटाइएका थिए । तर, दोस्रो चरणको चुनाव हुने भएपछि बिहानै देउवा र पौडेलको पक्षमा नयाँ पर्चा र पोस्टर तयार भए । नयाा पर्चाका साथ नयाँ प्रचार भयो।

दोस्रो चरणको निर्णायक मतदानअघि नै पौडेल पक्षका प्रचारकहरूको मनोबल कमजोर देखिन्थ्यो । तर, स्वयं देउवाले जित भइसक्यो, औपचारिकता मात्र बााकी छ भन्दै हौस्याएपछि उनका समर्थकहरू भने उत्साही थिए।

निर्णायक चुनावमा साथ दिन दुवै उम्मेदवारले सिटौलालाई आग्रह गरे सिटौलाले प्रतिनिधिको मतदानलाई सम्मान गर्दै सहमति गर्न दुवै पक्षलाई अपिल गरेका थिए। यसले देउवा पक्षलाई नै सपोर्ट गरेको थियो । सहमति नभएपछि सिटौलाले मतदानमा भाग लिन प्रतिनिधिलाई आह्वान गर्दै अर्को विज्ञप्ति जारी गरे।

मतदान चलिरहेकै वेला माइकिङ गर्दै आएको समूहले ‘ताजा खबर ताजा खबर! सिटौलादेखि खुमबहादुरसम्मको समर्थन पौडेललाई, ४१ जिल्लाका सभापतिले पौडेललाई दिए सहमति’ भनेर पौडेलको प्रचार गरेको थियो । भ्रमपूर्ण प्रचार गरेको भन्दै देउवा पक्षका कार्यकर्ता तत्कालै आक्रमणमा उत्रिएका थिए। तर, झडप प्रहरीले नियन्त्रण गर्‍यो।

आइतबारको चुनावमा कार्यकर्ता मात्र खटाएका खुमबहादुर खड्का सोमबारको निर्णायक चुनावमा आफै मैदानमा उत्रिएका थिए। उनले पचासौं कार्यकर्तालाई अघिपछि लगाएर देउवाका लागि भोट मागेका थिए। उनका समर्थक नारा लगाउंदै थिए, ‘खुमबहादुर दाइ के भन्छ, शेरबहादुरलाई ले भन्छ ।’ खुमबहादुरले पौडेललाई सपोर्ट गरे भन्ने प्रचार चलेपछि उनी झन् सक्रिय भए, नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

11508