ज्वाईं-ससुरा गगन र अर्जुननरसिंहलाई पाखा लगाउंदै बीपीपुत्र शशांक महामन्त्रीमा विजयी

नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट महामन्त्रीमा वीपीपुत्र डा. शशांक कोइराला विजयी भएका छन्।

रामचन्द्र पौडेलको प्यालनबाट उठेका डा. शशांक कोइरालाले नवनिर्वाचित सभापति शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसी र केसीका छोरी ज्वाईं गगन थापालाई पराजित गर्दै कांग्रेसको शक्तिशाली पद महामन्त्रीमा बिजयी भएका हुन्।

मतगणनाको परिणाम अनुसार शशांकले १४१७, अर्जुननरसिंह केसीले १०१७ र गगन थापाले ५८४ मत प्राप्त गरे।

विपीका कान्छा पुत्रको रुपमा शशांक कोइरालाको जन्म २०१५ सालमा भएको थियो। विराटनगरमा जन्मिएका उनी पेशाले चिकित्सक र नवलपरासी १ का सांसद हुन्।

संस्थापनबाट देउवातिर लागेका अर्जुननरसिंह केसी ४०० मतले पराजित भए भने कृष्ण सिटौलाको प्यानलबाट उठेका चर्चित युवा नेता गगन थापाले ५८४ मतमा चित्त बुझाउनु पर्यो।

कांग्रेस कोषाध्यक्ष पदमा सितादेवी यादव ९ मतको अन्तरले विजयी भएकी छन्। उनले चित्रलेखा यादवलाई ९ मतले हराउँदै विजयी भएकी हुन् ।

मतगणनाको परिणाम अनुसार सीतादेवी यादवले १२१७, चित्रलेखा यादवले १२०९, उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत ल्याए।





Comments

comments

Leave a Reply

11513