पत्रकार महासंघ कोरिया शाखाको ५ औं अधिवेशन जुन ५ मा हुने

सोल /कोरिया । नेपाल पत्रकार महासंघ कोरिया शाखाको ५ औं अधिवेशन जुन ५ तारिखमा हुने भएको छ ।नेपाल पत्रकार महासघ कोरिया शाखाको गत आईतवार सोलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

शाखाका अध्यक्ष अशोक मैनालीको अध्यक्षतामा बसेको बैठकले ‘सौल ग्लोबल सेन्टर’ मा केन्द्रिय अध्यक्ष डा महेन्द्र बिष्टको बिशेष उपस्थितीमा अधिवेशन गर्ने निर्णय गरिएको बताईएको छ । बैठकले अधिवेशन सफल पार्न कोरियामा क्रियाशिल पत्रकार ,समाजसेवी,व्यापारी लगायत सबै कोरियाबासी नेपालीहरूलाई अपिल गरेको छ । साथै सो दिन अन्य कार्यक्रम नराख्न पनि कोरियाका क्रियाशिल संघ संस्थालाई बैठकले जुन ४ तारिखमा पत्रकारिता सम्बन्धी तालिम सन्चालन गर्ने निर्णय पनि गरेको छ । अधिवेशनमा उपस्थितीको लागी नेपाल सरकारका सन्चार सल्लाहाकार मात्रिका पौडेल ,बिदेश स्थित शाखाका अध्यक्षहरूलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ । त्यस्तै नयाँ सदस्यता आवेदन तथा सदस्यता नविकरणको लागी यस अघि सार्वजनिक गरिएको मिती मार्च २० तारिख सम्म रहेको र अन्तिम नामावली अप्रिल १० तारिख भित्र सार्वजानिक गरिने बताईएको छ।

नयाँ सदस्यता वितरण तथा नविकरण गर्ने सकिने योग्यता यस्तो छ –
यसैगरी सम्पूर्ण पत्रकारहरुको कम्प्युटराईज्ड अभिलेख तथा डिजिटर कार्ड बनाउने तयारी रहेको हुदा नया सदस्यता तथा नविकरण गर्ने पत्रकारहरुले समेत आवद्ध रहेको मिडिया समेत खुलाई सम्पूर्ण सदस्यहरुलाई विधान बमोजिमको आवश्यक कागजात पेश गर्नुपर्ने छ।

सदस्यता प्राप्ती तथा नविकरण सम्बन्धी केही जानकारी
नेपाल पत्रकार महासंघ
वैदेशिक शाखा सम्बन्धि नियमावली २०६७

४.सदस्यकोयोग्यता
बैधानिक रुपमा विदेशमा रही पत्रकारिता क्षेत्रमा क्रियाशिल निम्न बमाजिमको योग्यता पुगेका व्यक्तिलाई महासंभको सदस्यता प्रदान गरिने छ ।
क) पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उतीर्ण गरी एक वर्षदेखि पत्रकारितामा लागेका व्यक्ति वा पत्रकारिता वा अरु विषयमा प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति वा प्रवेशिका परीक्षा उत्तीर्ण गरी तीन वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति ।
ख) यो नियमावली लागू हुनुभन्दा अगाडि महासंघको कुनै पनि शाखामा सदस्य रहेका व्यक्ति ,
ग) विदेशमा वैधानिक बसोवास गरिरहेका व्यक्ति
घ) स्वदेशी र सम्वद्ध देशको कानुन बमोजिम गैर कानुनी हैसियत नभएको व्यक्ति ।
ङ ) नेपाल पत्रकार महासंभको मौजुदा विधानले सदस्यतासम्बन्धि योग्यता निर्धारण गरेअनुसारको व्यक्ति ।
च) महासंघकोसदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ ।

५. सदस्यता प्राप्त गर्ने कार्यविधि
क) महासंघको सदस्यता लिन चाहने पत्रकारले आफू क्रियाशील रहेको देशमा रहेको महासंघको वैदेशिक शाखामा
क) शैक्षिक प्रमाणपत्र
ख) नेपाली नागरिकताको प्रतिलिपि
ग) सम्बन्धित मुलुकमा आवासिय भिसा लागेको नेपाली राहदानको प्रतिलिपि
घ) पत्रकारितामा निरन्तरता र क्रियाशिलताको प्रमाण,
ङ ) वैधानिक रुपमा विदेशमा रहन प्राप्त अनुमति पत्र र आफू कार्यरत सञ्चार संस्थाको नियुक्तिपत्र वा सिफारिसपत्र प्रस्तुत गर्नुपर्नेछ ।
ख) आवेदन प्राप्त भएपछि शाखाले छानविन गरी योग्इता पुगेका आवेदकको सदस्यता स्वीकृतिको लागि केन्द्रीय समितिमा सिफारिस गर्नुपर्नेछ ।
ग) सदस्यको अवधि १ वर्षको हुनेछ । हरेक चैत्र मसान्त सम्ममा सम्बन्धित शाखामा नविकरण गराउनुपर्नेछ ।
घ) सदस्यता स्थानान्तरण ः महासंघको सदस्यहरुले आफ्नो कार्यक्षेत्र परिवर्तन भए अनुसार सदस्यता स्थानान्तरण गर्न सक्नेछन । वैदेशिक शाखाको हकमा सदस्इता स्थानान्तरणको कारण खुलाई शाखाले महासंघ केन्द्रमा सिफरिस र स्थानान्तरण हुन चाहेको शाखाको सहमतिपत्र अनिवार्य पेश गर्नुपर्नेछ । यसरी स्थानान्तरण गर्ने सदस्इहरु विदेशमा रहेका वैदेशिक शाखा वा नेपालमा क्रियाशिल रहनुपर्ने अवस्थामा आफूलाईपायक पर्ने शाखामा आवद्द हुन सक्नेछन । तर यसरी नेपालमा सदस्यता स्थानान्तरण गर्न चाहनेले नोपलमा क्रियाशीलताको प्रमाण पेश गर्नुपर्नेछ ।
६.
क) दक्षिण कोरियाको लागि तेश्रो महाधिवेश मा कोरियन वनमा तोकिएको शुल्क नया सदस्यको को लागि ८०,००० वन तथा नवीकरणको लागि ३५००० वन रहेको छ ।
ख) हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्नेछ । तर दुईवर्ष भित्र शतप्रतिशत विलम्ब शुल्क लिई सदस्यता नवीकरण गर्न सकिनेछ । लगातार दुई वर्षसम्म नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुनेछ । यसरी सदस्यता खारेज भएका पत्रकारले पुनः सदस्य बन्न चाहेमा नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ ।
ग) प्रत्येक नयाँ सदस्यता प्राप्ती तथा नवीकरणका लागि केन्द्रीय कार्यलयमा चैत्र मसान्तभित्र पठाउनुपर्नेछ ।

थप जानकारीको लागी पत्रकार महासंघ कोरिया शाखा

आवेदन पठाउने ठेगाना : [email protected] 010-6891-7287 मा सम्पर्क गर्न सकिने बताईएको छ ।





Comments

comments

Leave a Reply

11546