रामचन्द्र पौडेल हार्नुको ६ कारण

१. पहिले पनि पकड थिएन अहिले पनि बनाउन सकेनन्
कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाका प्रस्ट र बलिया गुट थिए । नेतात्रयका रूपमा रामचन्द्र पौडेलको नाम आउने गरे पनि उनको छुट्टै गुट थिएन । गिरिजाप्रसाद र सुशीलसाग टक्कर लिएर वैकल्पिक नेताको छवि बनाएका देउवाले यसपालि हरेक प्रतिनिधिलाई नामबाटै सम्बोधन गरेर पत्रसमेत लेखे । राजनीतिमा पाएको सुख–दु:खको कदर गर्दै देउवाको हस्ताक्षरसहितको पत्र पाएपछि प्रतिनिधि उनीप्रति सकारात्मक भए । तर, पौडेलसाग त्यस्तो लोकप्रिय रणनीति थिएन।

२. सहयोगीको महत्त्वाकांक्षा व्यवस्थापनमा पौडेललाई झमेला
सुशीलको निधनपछि कार्यबाहक सभापति बने, तर संस्थापनका सबैले मान्ने नेता हुन सकेनन् । बरु, महाधिवेशनको मुखमा प्रकाशमान सिंह, कृष्ण सिटौला, सुजाता कोइरालाहरूले आफू नै संस्थापनको नेता भएको जिकिर गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरे । उनीहरूको महत्त्वाकांक्षा व्यवस्थापनमै पौडेलले अन्तिमसम्म मिहिनेत गर्नुपर्‍यो।

३. देउवाले संस्थापनका नेता ताने, पौडेलले सकेनन्
कार्यबाहक सभापति भइसकेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरूलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, लक्ष्मण घिमिरेदेखि फरमुल्लाह मन्सुरजस्ता नेताहरू देउवातिर लागेपछि पौडेल स्वत: कमजोर भए।

४. सिटौलाको उम्मेदवारी, मत र मनोविज्ञानको असर
संस्थापन पक्षकै कृष्ण सिटौला सभापतिमा विद्रोही उम्मेदवार बने । गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मको सचिवालय चलाएर कार्यकर्तासम्म पहुँच बनाएका र युवानेता गगन थापाले समेत विश्वास गरेका सिटौलाले यथेष्ट मात्रामा पौडेललाई क्षति पुर्‍याए । सिटौलाले प्राप्त गरेको मतले मात्र होइन, उनको उम्मेदवारीले सिर्जना गरेको मनोविज्ञानले पनि पौडेललाई क्षति पुर्‍यायो।

५. देउवा समूह एकजुट, पौडेलले समूहमै महत्त्व पाएनन्
देउवा समूहको पहिलो प्राथमिकता सभापतिमा देउवाको जित सुनिश्चित गर्नु थियो । सबै उम्मेदवारले सभापतिमा देउवाको प्रचार गर्दै आफ्ना लागि पनि मत मागे । तर, पौडेल समूहका नेताले सभापतिका लागि मत मागेनन्, आफ्ना लागि मात्र मागे । आफ्नै समूहका उम्मेदवारको पनि आस्था जुटाउन नसकेपछि उनी चुनावमा पछि परे।

६. स्रोत र साधनमा पौडेल कमजोर, देउवा बलियो
आमदिनहरूमा पनि स्रोत जुटाउने र वितरण गर्नेमा देउवा पहिलेदेखि नै अगाडि छन् । महाधिवेशनका वेला पनि उनले कार्यकर्तालाई खुसी बनाउन सके । तर, पौडेल स्रोत जम्मा गर्ने र वितरण गर्नेमा पनि कमजोर देखिए, नयाँ पत्रिकादैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

11549