Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेश भ्रमणमा सकियो ८ करोड, हात लाग्यो शून्य

उच्च पदस्थ व्यक्तित्वहरुको विदेश भ्रमणका क्रममा गत आर्थिक वर्षमा मात्रै राज्यको ढुकुटीबाट झन्डै साढे ८ करोड रुपैया खर्च भएपनि उपलब्धि भने प्रायः शून्य देखिएको छ।

सरकारका विशिष्ट व्यक्ति र अन्य सरकारी प्रतिनिधिमण्डलले विश्वका विभिन्न देशमा गरेको भ्रमणका क्रममा उक्त रकम खर्च भएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

अर्थ मन्त्रालयको बजेट महाशाखाका अनुसार आर्थिक वर्ष २०७० ७१ मा विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत मात्रै ३ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ। यसैगरी प्रतिनिधिमण्डलको भ्रमण वापत ३ करोड ४२ लाख खर्च भएको छ। त्यस बाहेक अन्य विविध शीर्षकमा समेत गरी कुल ८ करोड ३० लाख खर्च भएको छ।





Comments

comments

1154