Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जापानमा स्याङ्गजालीहरुले तीज मनाउने

घनश्याम पराजुली (कृष्ण)/ एचकेनेपाल डट कम –
स्याङ्गजा सहयोग समाज जापानले हरितालिका तीजको अवसरमा आउदो आईतवारका दिन बृहत तीज कार्यक्रमको आयोजना गरेको छ।

तीज कार्यक्रममा चर्चित लोकदोहोरी गायकहरु खुमन अधिकारी , रमिला न्यौपाने र कला पंगेनीले जापनमा रहेका प्रवासी नेपालीहरुमा रौनक थप्ने्छन। ३१ अगष्ट आईतवारका दिन हुन लागेको कार्यक्रमको तयारी पूरा भईसकेको संस्थाका महासचिव नरेश बहादुर जि.सी.ले जानकारी दिए।

गरिव तथा जेहन्दार विद्यार्थस्को सहयोगार्थ तीज समापन तथा बृहत सांस्कृतिक कार्यक्रम २०७१ गर्न लागिएको उनले थपे। सोही कार्यक्रममा संस्थाको प्रथम अधिवेशन गरिने उनले बताए।

जापानवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रम सफल बनाउनका लागीि उपस्थित भईदिन स्याङ्गजा सहयोग समाज जापानले अनुरोध गरेको छ। कार्यक्रम स्थानीय समय दिनको पाँच बजे हुनेछ। टोकियोस्थित ईकेबुकुरो तोसिमा – कु मिन सेन्टर, तोसिमाकुमा कार्यक्रमको आयोजना गर्ने भएको छ।

स्याङ्गजा सहयोग समाज जापानले विगतमा झै आफ्नो संस्कृतिको जगेर्ना गर्ने उद्धेश्य अनुरुप तीज कार्यक्रम गर्न लागेको हो। स्याङ्गजा जिल्ला लोकदोहोरी क्षेत्रमा धेरै नै अगाडि रहेको छ गृह जिल्लाका तीन लोकदोहोरी गायकहरुले नै कार्यक्रमलाई तताउनेछन्।





Comments

comments

1165