कसैलाई झोक चलेमा कहिलेकाहीँ बाउको बिहे देखाइदिन्छु भन्ने गरेको सुनिन्छ।
तर यहाँका एक किशोर साँच्चिकै बाबुआमाको बिहेमा जन्ती गए। एसएलसीको तयारीमा जुटेका सुरेश वाइवा अभिभावकको विहेमा रमेका हुन्।
भरतपुर ३ क्षेत्रपुरका ४५ वर्षीय कमल वाइवा र ३६ वर्षीया राममाया थोकरबीच आइतबार घुमधामले विवाह भएको थियो।
मकवानपुर हाडिँखोला ९ डिल्लीपुर स्थायी घर भएका पतिपत्नीले आफ्नो संस्कृति अनुसार दोस्रो पटक विवाह गरेको खबर कान्तिपुर दैनिकमा छ।