Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी पनि ठगी हुन्छ हेर्नुहोस् ‘ अमेरिका बसेर नेपालमा ठगी धन्दा ‘

काठमाडौं । अमेरिकामा बस्ने भतिजको सम्पर्कमा रहेका पूर्ण खत्रीले फोन गरेर अमेरिकामा महिनामा तीन लाख रुपैयाँ तलब पाइने बताएपछि नेर्बु शेर्पाको खुसीको सीमा रहेन।

आफूले यसअघि गरेका कैयौं प्रयास असफल भएपछि निराश संखुवासभा, मादी–१ का शेर्पाका लागि अमेरिका जान पाइने सजिलो अफर रोज्जा लाग्यो ।भतिजको चिनजानका अमेरिकामै बस्ने व्यक्तिले बोलाएपछि एक फोनमै शेर्पाले जतिसक्दो चाँडो आउन तयार रहेको जानकारी दिए। खत्रीले पनि सम्पर्क भएको केही दिनमै अमेरिका बोलाउने आश्वासन दिएपछि शेर्पा आवश्यक रकम जुटाउन खटिहाले।

‘ खत्रीले ४० लाख रुपौयाँ जति लाग्ने बताएपछि केही रकम पसल बिक्रि गरेर जुटाँए’ शेर्पाले भने ‘ बाँकी ऋण खोजे ’

फोनमा भएको कुरानकाी अनुसार रकम तयार पारे पनि खत्रीले सुरुमा शेर्पालाई तीन लाख रुपैयाँमात्र बुझाउन लगाए । खत्रीको सल्लाहअनुसार शेर्पाले तीन लाख रुपैयाँ पत्नी जानुका खत्रीको बैंक खातामा जम्मा गरिदिएका थिए।

यति गरिसकेपछि शेर्पालाई खत्रीले थाइल्यान्ड बोलाए । थाइल्यान्डबाट उड्न सजिलो हुने र रकम पनि उतै बुझाउने भनेपछि शेर्पा थाइल्यान्ड उडे।
त्यहाँ रहेका खत्रीका एजेन्टले अमेरिकाको सबै तयारी पूरा भयो भन्दै थप ४१ लाख ६० हजार रुपैयाँ मागेपछि केहीबेर उनीहरुबीच विवाद पनि भयो।

‘अमेरिकाबाट फोन गर्ने बेला खत्रीले ४० लाख रुपैयाँ लाग्ने बताएका थिए,’ शेर्पाले भने, ‘थाइल्यान्ड पुग्दा भने पहिलाको सहमतिभन्दा चार लाख रुपैयाँ बढी रकम मागेपछि केहीबेर तनाव भयो । अन्तिममा ४४ लाख ६० हजार रुपैयाँ नपाए नेपाल हुनुपर्ने एजेन्टले बताएपछि सबै रकम बुझाउन बाध्य हुनुपर्यो,’ उनले भने।

एजेन्टले नगदै मागे पनि शेर्पाले भने थाइल्यान्डबाटै खत्रीकी पत्नी जानुकाको काठमाडौंमा रहेको बैंक खातामा सबै रकम जम्मा पारेको बताए। ‘अमेरिकामा रहेका खत्रीले पनि पत्नीको खातामा रकम जम्मा गर्दा राम्रो हुने सल्लाह दिए,’ उनले भने, ‘जानुकाको खातामा रकम जम्मा गरेपछि एजेन्टले पासपोर्ट दियो।

अनि पो ठगिएको थाहा पाएँ। अमेरिका उड्नका लागि तयारी अवस्थामा रहन भनिए पनि पासपोर्टमा भिसा लागेकै रहेनछ,’ उनले भने, ‘ खै भिसा भनेर सोधखोज गर्दा एजेन्टले विमानस्थलको एउटा काउन्टर देखाएर त्यहीँ भिसा लाग्छ भन्यो।

तर, त्यहाँ त अमेरिकाको भिसाा लाग्नु त कता हो कता अनधिकृत व्यक्तिका लागि प्रवेश निषेध रहेछ।’ आजको नागरिक दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

11559