Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बैंककमा आज कमल थापाले संबोधन गर्ने

काठमाडौंः उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा एसिया कोअपरेसन डाइलग (एसिडी)को बैठकमा सहभागी हुन बुधबार बैंकक लागेका छन्।

-

एसिडीको बैठक अध्यक्षता गर्ने थाइल्यान्डका विदेशमन्त्री डोन प्रमुद्दिनाइको निमन्त्रणामा उनी त्यसतर्फ गएको खबर नयाँपत्रिका दैनिकमा छ।

एसिडीको १४औँ बैठक बुधबारबाट सुरु भएको छ। बिहीबार परराष्ट्रमन्त्री थापाले बैठकलाई सम्बोधन गर्नेछन्। थापासँग ६ सदस्यीय प्रतिनिधिमण्डल बैठकमा सहभागी हुँदै छ। बैठकबाट नेपालले एसिडीको सदस्यता पाउने निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल ३४औँ सदस्य राष्ट्र बन्नेछ।





Comments

comments

Leave a Reply

11561