रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को (रुस), उत्तरी ओसेटियाको ककेसस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको रक्षा मन्त्रालयले मंगलबार जनाएको छ।

सुखोई– ३४ जेट पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ।

प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ।

पूर्वसोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्टलाइनबाट करिब आठ सय किलोमिटर टाढा छ।

जुन ८ मा क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहरनजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको, तर तीमध्ये तीनलाई गोली हानेर खसालेको बताए।

फेब्रुअरी २०२२ मा युक्रेनविरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो। रासस





Comments

comments

118912