Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
भारतले पोखरामा क्रिकेट मैदान बनाइदिने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतले पोखरामा क्रिकेट मैदान बनाइदिने

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, १४ भदौ। पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सरकारले अध्ययन सुरु गरेको छ। पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि यूवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले शनिबार पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानको निरीक्षण गर्नु भयो।

उहाँले काठमाडौस्थित मुलपानीमा अन्तर्राष्टिय क्रिकेट मैदान सरकारी लगानीमा निर्माण गर्ने भएपछि पोखरामा भारतीय सहयोगमा अन्तर्राष्ट्रिय मैदान निर्माण गर्ने पक्षमा रहेकाले निरीक्षण गर्न आएको बताउनु भयो। भारत सरकारले काठमाडौ र पोखरामा क्रिकेटमा लगानी गर्ने चासो देखाएको उहाँले बताउनुभयो।


पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदान बारे जानकारी लिदै मन्त्री पौडेल। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

पोखरामा लगानी गर्न सकरात्मक छन, रंशालाभित्रको जग्गा नमिले लगानी गुम्न सक्छ मन्त्री पौडेलले भन्नुभयो। भारतलाई पोखरा ल्याउनका लागि जग्गाको खाँचो छ। अहिले भैरहेको जग्गा उपयुक्त छ छैन । त्यसबारे अध्ययन सुरु गरिने छ उहाँले भन्नुभयो। ‘आवश्यक जग्गाभएमा यसै वर्ष डिजाइन गरि अर्को वर्ष निर्माण कार्य सुरु गरिने छ।’

उहाँले राजधानीपछि खेलकुदको केन्द्र पोखरा भएकाले क्रिकेट मैदान निर्माणका लागि मन्त्रालयले आवश्यक तयारी सुरु गरेको बताउनु भयो। अन्तर्राष्ट्रिय मैदान निर्माणका लागि जग्गा पुग्छ पुग्दैन भन्ने बारे एक साताभित्र अध्ययन गरि पुरा गरि प्रक्रिया अगाडि बढाइने मन्त्री पौडेलले बताउनु भयो। उहाँले एक साताभित्र मैदानको बारेमा नापजाँच गरेर जानकारी गराउन क्रिकेट संघ कास्कीलाई आग्रह गर्नुभयो। ‘एक साताभित्र मैदान निमार्णका लागि जानकारी इन्जिनियर मार्फत नापजाच गरेर उपलब्ध गराउनुस्।’

उहाँले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सम्भावना भएर प्रारम्भिक काम भएको भन्ने जानकारी पाएकाले पनि पोखरालाई प्राथमिकता दिएको बताउनुभयो। पछिल्लो समय क्रिकेट खेलमा नेपालले राम्रो गरेकाले लगानी गर्न प्रेरणा आएको उल्लेख गदै छिमेकी देश क्रिकेटमा अव्बल रहेकाले पनि नेपाल उनीहरु खेल्न यहाँ आउने मन्त्री पौडेलले बताउनु भयो। उहाँले काठमाडौ र पोखरामा मैदान निर्माण भए अन्तर्राष्ट्रिय खेल खेलाउन सके खेल पर्यटनको विकास गर्न सकिने विश्वास उहाँले ब्यक्त गर्नुभयो।

यसैविच पोखरामा खेलकुद महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले राष्टिय खेलकुद परिषदको नयाँ ऐन ल्याउने तयारीमा मन्त्रालय रहेको बताउनु भएको छ। परिषद्मा नियुक्ति गर्ने ब्यक्ति हटेपछि स्वतः हट्ने ब्यवस्था नयाँ ऐनमा गरिएको उहाँले बताउनुभयो। मन्त्री हटेपछि सदस्यसचिव हटने व्यवस्था गर्ने तयारीभएको छ भन्दै उहाँले राजनीतिक नियुक्ति लिएर ब्यवसायिक जस्तो देखिने भएकाले समस्या उत्पन्न भएका कारण नयाँ ऐन ल्याउन बाध्य भएको बताउनु भयो।

यता मन्त्री पौडेलले पोखराका सहारा क्लबले संचालन गरेको सहारा एकेडेमीको अवलोकन समेत गर्नुभयो । पोखरा १७ दोविल्लामा निर्माण गरेको सहारा एकेडेमीको निरीक्षण गदै संचालनका लागि केही सहयोगको सुरुवात गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। सहारा क्लबका अध्यक्ष विरभद्र आर्चायले एकेडेमी संचालनका लागि आर्थिक समस्या रहेको र सरकारी सहयोग नपाएको गुनासो गरेपछि मन्त्री पौडेलले क्लबले गरेको काम प्रसंशानीय भएको बताउदै आफूले सहयोगका सुरुवात गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। एकेडेमीमा हाल १२ जिल्लाका २२ जना बालकहरु रहेका छन् भने क्लबले ३० जना पुयाउने लक्ष्य राखेकेको छ।

पोखराको सहारा क्लबले संचालन गरेको एकेडेमीका बालकहरुसंग यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल।





Comments

comments

1195