Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सौतेनी आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सौतेनी आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। भक्तपुर जिल्ला अदालतले बिहीबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो।
सौतनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्याको प्रयास गरेको आरोपमा प्रहरीले गत १५ असारमा ऋचा, उनका प्रेमी आशमान तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो।

नयाँ पत्रिकामा प्रकाशिच समाचार अनुसार पारिवारिक तथा आर्थिक विवाद भएपछि ऋचाले १५ लाख रुपैयाँको सुपारी दिएर सौतेनी आमाको हत्या गर्न लगाएकी थिइन् । अपहरण गर्न गएका वेला दुई युवकलाई पक्राउ गरी प्रहरीले उनीहरूको योजना असफल बनाएको थियो।

ऋचा र आशमानसहित सुरेश तामाङ, शेषमान तामाङ, सुशील नापित र राजेश गुरुङ हत्या योजनामा संलग्न थिए। अपहरण गर्न गएका सुरेश र शेषमानलाई प्रहरीले ममताकै कोठाबाट पक्राउ गरेको थियो।

दोस्रो बिहेपछि बुबाले आफ्नी आमाको हत्या गरेकाले बदला लिन सौतेनी आमाको अपहरण गरी हत्याको प्रयास गरेको ऋचाले प्रहरीसँगको बयानमा बताएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डिएसपी भीमकिरण बोगटीले बताए। प्रहरीले सुरेश र शेषमानलाई पक्राउ गरी अनुसन्धान गर्दा ऋचा र उनका प्रेमी आशमानको योजनामा हत्या प्रयास भएको खुलेको थियो।

ऋचाले आफ्ना प्रेमी आशमानमार्फत हत्याको योजना बनाएकी थिइन्। त्यसका लागि आफू १५ लाख रुपैयाँसम्म खर्च गर्न तयार भएको उनको प्रस्ताव थियो। अस्ट्रेलियामा रहेकी उनकी दिदी लिजाले पनि त्यसका लागि सहयोग गर्ने वचन दिएकी थिइन्।

दिदी–बहिनीको योजनापछि आशमानले ममताको हत्याका लागि सुशील नापित र राजेश गुरुङसँग सातलाखमा डिल गरेका थिए । उनीहरूले तीन लाख दिने सहमतिमा सुरेश र शेषमानलाई जिम्मा लगाएका थिए।

१४ असारमा सुरेश र शेषमानले ममतालाई भेटी आफूहरूलाई हत्या गर्ने जिम्मेवारी दिइएकाले सहयोग गर्नुपर्ने बताएका थिए । प्रहरीलाई खबर नगर्नसमेत उनीहरूले चेतावनी दिएका थिए। १५ गते अपहरण गर्न ममताको डेरामा जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका ६ जनालाई ५५ दिनसम्म हिरासतमा राखी प्रहरीले अनुसन्धान गरेको थियो। अपहरण तथा ज्यान मार्ने उद्योग मुद्दामा संगठित अपराध मुद्दासमेत जोडेर प्रहरीले मुद्दा चलाएको छ।





Comments

comments

1208