Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फिष्टेले कोलोराडो तताए

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका ३० अगष्ट। एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को १०औं संयुक्त सम्मेलमा शनिवार दाश्रो दिनको कार्यक्रम भब्य रुपमा सम्पन्न भयो।

अगष्ट २९मा सुरुभई अगष्ट ३१ म सम्पन्न हुने सम्मेलन कोलोराडोको डेनवर्कस्थित क्राउन प्लाजा होटलमा संचालन भएको हो। सम्मेलनमा अमेरिका र क्यानडा तथा मेक्सीकोमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ।

बिशेष गरि नयाँ पुस्तालाई नेपाली रहन सहन, भाषा, सँस्कृति तथा भेषभूषाको जानाकारी गराउन तथा अमेरिकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन, कार्यक्रम आयोजना गरिएको र यसबाट मातृभूमि प्रतिको कर्तब्य स्मरण गराउन तथा कर्मथलोमा जन्मथलोको पहिचान गराउने कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ।

कोलोराडोस्थित नेपालीहरुको साझा संस्था नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको सह–आयोजनमा आज सम्पन्न भएका कार्यक्रमहरुमा खेलकुद प्रतियोगिता, नेपाली भाषा तथा साहित्यिक कार्यशाला गोष्ठी, चिल्ड्रेन क्याम्प, युथ ट्यालेन्ट शो, बिभिन्न संस्थाको कार्यपत्र प्रस्तुती, ओम्यान फोरम, एनआरएन फोरम, १९७२ मा नेपाल कस्तो थियो त्यसको स्लाईड सो, नेपाली पुस्तक प्रर्दशनी, कन्सर्ट तथा डिजे नाईट जस्ता कार्यक्रमहरु सफलताकासाथ सम्पन्न भएका हुन्।

आख्यान लेखनका विविध पक्षहरुमा कृष्ण धाराबासी, चलचित्र निर्देशक तुलसी घिमिरे,सुनील ताम्म्राकारको प्रस्तुती रोचक रहेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय खेलकुद तथा संस्कृतिका अध्यक्ष सीता पाण्डेको प्रस्तुती पनि समय सान्दर्भिक थियो। उहाले मेमोरियल डेलाई अन्तर्राष्ट्रिय खेलकुद तथा संस्कृति दिवसको रुपमा मनाउने प्रस्ताव गर्दै आगामी बर्ष देखी अमेरिका भर ९ देखि १२ कक्षा सम्म अध्यान गर्ने बिद्यार्थीहरु मध्येबाट खेलकुद शिक्षा तथा संस्कृतीमा उच्च अंक ल्याउने ५० जनाको नाम सार्वजानिक गर्ने योजना रहेको बताईन्।

त्सस्तै अमेरिकी नागरिक दान (नेपाली नाम धनबहादुर) को स्लाईड सो, ग्लोवल भुटनीज कम्यूनिटी कोलोराडोका शेर मीजारको भुटानीको कथा ब्याथा, तमुधीका रमेश गुरुङको गुरुङहरुको भाषा संस्कृती संरक्षण अभियानबारेको प्रस्तुतीले सहभागीका मन जित्न सफल भएको थियो।

नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठको नेपालीघर तथा संस्कृती केन्द्र निर्माण अभियान, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्माको नेपाली भाषा साहित्य संरक्षण अभियान, डा.लिला कार्कीको रक्तदान अभियान, एनआरएनको प्रबासी नेपालीको मातृभूमिमा हक अधिकार अभियान, हेम सरीता फाउन्डेसनको भ्रष्टाचार बिरुद्धको अभियान, रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको कार्यपत्र प्रस्तुती जस्ता कार्यक्रमहरु सम्पन्न भएका छन्।

त्यस्तै सांझ सम्पन्न कन्सर्टमा थानीय बाल कलाकारहरुले बिभिन्न भेषभूषामा बढो रोचक तरिकाबाट आफ्नो संस्कृति झल्कने नृत्य प्रस्तुत गरी सहभागीहरुलाई स्वागत गरेका थिए। साथमा गोपाल नेपाल (फिस्टे), सुनील उप्रेदी, दिपेश किशोर भट्टराई, संजिव प्रधान, संझना पाण्डे लगायतका कलाकारलको प्रस्तुतीले कोलोराडो तताएको थियो।

त्यस्तै एन्माका अध्यक्ष गोपेन्द्र भट्टराई, नासाका अध्यक्ष डा. रामचन्द्र बराल आयोजक समितिका अध्यक्ष शरद आचार्य लगायतका अतिथिहरुले बिभिन्न फोरममा आफ्ना धारणा राखेका थिए।

३१ अगष्टका दिन अमेरीकाका लागि नेपालका कार्यवाहक राजदूत ऋषिराम घिमिरेबाट सम्मेलनको औपचारिक उद्धाटन, रक्तदान, कबी गोष्ठी एन्माको साधारण सभा, कल्चर प्रोग्राम, नेपालमा माहाबिर पुनको ताररहित इन्टरनेट प्रोजेक्ट प्रस्तुत गरिने कार्यक्रम रहेका छन्।





Comments

comments

1182