राजेश र प्रमोदसहित चर्चित कलाकारहरू कोरिया आउने

मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम –
सउल। चर्चित गायकद्वय राजेशपायल राई र प्रमोद खरेल नेपालीहरूलाई नचाउन कोरिया आउने भएका छन्। कोरियनहरुको माहान पर्व चुसकमा खोटाङ सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको खोटाङ् -हलेसी भाग ३ को सांकृतिक कार्यक्रममा सहभागी हुन गायकहरु कोरिया आउने भएका हुन्।

फाइल तस्वीर

राजेश र प्रमोदसँगै गायिका मिलन अमात्य, नायिका प्रियंका कार्की र गायिका कोमल ओली पनि उक्त कार्यक्रमको लागि कोरिया आउने भएका हुन्। यसैगरि कोरियाको चर्चित सुनखरी साङ्गीतिक समूहले पनि उक्त कार्यक्रममा सहभागिता जानाउने भएको छ।

सेप्टेम्बर ८ तारिख सोमबार आयोजना गर्न लागिएको उक्त साङ्गीतिक कार्यक्रम भव्य रूपमा सफल बनाउन अन्तिम तयारी पुरा भएको संस्थाका अध्यक्ष अमृत राईले बताए।

खोटाङ् जिल्लाको स्वास्थ्य क्षेत्र तथा एनआरएन कोरियाद्वारा सञ्चालित नेपाल हाउसलाई सहयोगार्थ गर्न लागिएको उक्त कार्यक्रममा सहभागी भईदिन कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई अध्यक्ष राईले अनुरोध गरेका छन् ।”मनोरन्जनको साथै परोपकारी कार्यलाई पनि टेवा पुगोस् भन्ने उदेश्यले गर्न लागिएको यो साङ्गीतिक कार्यक्रम पूर्णरुपमा सफल हुने कुरामा ढुक्क छु” राईको भनाई थियो।





Comments

comments

1198