खोटाङ बर्खेटारको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुग्यो

खोटाङको महादेवस्थान गाविसको बर्खेटारमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ।

सदरमुकाम दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६३७६ नम्बरको बस ३० चैत विहान साढे ८ बजे महादेवस्थान–१ बर्खेटारको काभ्रेभीरमा सडकबाट करिब ५०० मीटर तल खस्दा २३ जनाको मृत्यु भएको हो।

शुरुमा २८ जना सवार बसमा बाटोमा यात्रु थपिंदै जाँदा करिब ७० जना पुगेका थिए।

सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पुर्‍याएका छन्। अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।

घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त ठाउँमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको थियो। (रासस)





Comments

comments

Leave a Reply

11974