Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नौ जनालाई नइ पुरस्कार

काठमाडौं, नइ प्रकाशनले आआफ्ना क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ जना महानुभावलाई २०७२ सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

यी पुरस्कारका राशि जनही पचास हजार रुपियाँ रहेका छन्।

नइ भूपालदुर्गा पुरस्कार संस्कृतिविद् तथा मानवशास्त्री प्रा.डा.प्रेम खत्री, नइ चन्द्रधन पुरस्कार भारत, काशी ललिताघाट क्षेत्रका प्रमुख स्वामी ओमकारानन्द गिरी, नइ कीर्तिनिधि पुरस्कार राष्ट्रवादी चिन्तक, यज्ञप्रसाद आचार्य, नइ ईश्वर बराल पुरस्कार समालोचक प्रा.राजेन्द्र सुवेदी, नइ रेखा पुरस्कार साहित्यकार प्रा.डा.गार्गी शर्मा, नइ गणेशदुर्गा पुरस्कार सिक्किम विश्वविध्यालयकी प्राध्यापक डा.पुष्प शर्मा, नइ भाजप पुरस्कार साहित्यकार, पत्रकार तथा अनुवादक नकुल काजी (झापा), नइ कोइलीदेवी पुरस्कार गायिका ज्ञानु राणा र नइ रामलक्ष्मी पुरस्कार तेस्रो लिङ्गी सुमन महर्जनलाई प्रदान गरिने भएको छ।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार यी पुरस्कार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीद्वारा आगामी बैशाख ३० गते राजधानी काठमाडौंमा समर्पण गरिने कार्यक्रम रहेको छ।

सोही दिन नइ प्रकाशनले शताब्दी पुरूष डा.सत्यमोहन जोशीको ९६ औं जन्मोत्सव पनि मनाउने निर्णय गरेको छ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो।





Comments

comments

Leave a Reply

11976