Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा यसरी मनाइयो नेपाली वर्कर्सहरुले नेपाली नयाँ वर्ष (फोटो फिचरसहित)

पूर्णिमा शाह / एचकेनेपाल डट कम –
हङकङ, १० अप्रिल। ओभरसिज नेपाली वर्कस एसोसिएशनको आयोजनामा नेपाली नयाँ बर्ष २०७३ सिम सा चुईस्थित तन्दुरी नाईट रेष्टुरेन्टमा शुभकामना आदान प्रदानका साथै सास्कृतिक कार्यक्रम गरी मनाईयो।

मध्यान्ह १२ बजे सुरू गरिएको कार्यक्रमको सुरूमा एशोसियशनकी सहकोषाध्यक्ष रमिला विश्वकर्माले नेपाली लोक नृत्य प्रस्तुत गरिन् भने अनिता खड्काले नेपाली लोक गीत गाएकी थिइन्।

यस पटकको नयाँ सालको प्रमुख आकर्षक एसोसिएशनका सम्पूर्ण सदस्यहरु नेपाली जातिय पोशाकमा उपस्थित भई अथितिहरुलाई सत्कार गरेका थिए।

कार्यक्रम अनौपचारिक भएता पनि भेटघाटको क्रममा हङकङ नेपाली समुदायका विशिष्ट व्यक्ति बुद्धिजीवीहरूको बाक्लो उपस्थित थियो।

एसोसिएशनको तर्फबाट सबै आगन्तुक पाहुनाहरूलाई पुष्प गुच्छाको ब्याच लगाई स्वागत गरेका थिए।

सचिव युनिता गुरूङले सञ्चालन गरेको कार्यक्रमको अन्तमा अध्यक्ष शुष्मा सिंहले नयाँ बर्षको शुभकामना मनतव्य दिएकी थिइन्।

तस्वीरहरुः जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम । थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

11978