Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
ड्रग तस्कर पूर्ण पाख्रिनले प्रहरीलाई ५० लाख घुस पठाएपछि – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ड्रग तस्कर पूर्ण पाख्रिनले प्रहरीलाई ५० लाख घुस पठाएपछि

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले गर्ने पत्रकार सम्मेलनमा प्राय: टेबुलमा लागुऔषध पिँmजाइएको हुन्थ्यो । तर, मंगलबार भने त्यो टेबुलमा लागुऔषध नभई पैसाको बिटो पिँmजाइएको थियो । हजार दरका ४९ वटा बिटा अर्थात् ४९ लाख रुपैयाँ प्रहरीको टेबुलमा थियो । ‘यो प्रहरीलाई घुसका रूपमा दिन लागिएको पैसा हो,’ ब्युरोका प्रमुख रहेका डिआइजी जयबहादुर चन्द भन्दै थिए, ‘एम्फेटाइमान लागुऔषध कारोबार गर्ने पूर्णबहादुर पाख्रिनले मुद्दा मिलाउन भनेर एक व्यक्तिमार्फत हामीलाई दिन लागिएको रकम हो ।’



पाख्रिन ‘मोस्ट वान्टेड सूची’मा

पूर्णबहादुर तिनै व्यक्ति हुन्, जो नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । बर्मामा उत्पादन हुने एम्फेटाइमान नामक ‘आइस ड्रग’लाई पूर्वी एसिया तथा अस्ट्रेलियालगायत देशमा तस्करी गर्ने समूहका उनी नाइके हुन् । थाइल्यान्डमा बस्ने दाइ धर्म पाख्रिनसँग मिलेर यस्तो धन्दा गरी उनले करोडौँ रकम कमाइसकेको प्रहरीले जनाएको छ । ‘मुद्दा मिलाउन भनेर उसले ५० लाख दिएको थियो,’ डिआइजी चन्द भन्छन्, ‘ड्रगको तस्करीबाट उसले कति धेरै कमाएको छ भन्ने यसैबाट अनुमान गर्न सकिन्छ ।’ एक लाख रुपैयाँ भने उनले बैंकमार्फत नै प्रहरीलाई दिएका थिए ।

पाख्रिनको पक्राउ अपराध अनुसन्धानमा ऐतिहासिक सफलता

थाइल्यान्डमा बसेर एम्फेटामाइनको अन्तर्राष्ट्रिय गिरोहका नाइके धर्म पाख्रिन सहोदार दाइ मात्र नभई पूर्णबहादुरका प्रमुख सहयोगी पनि हुन् । ५० लाखसँगै उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । जसलाई प्रहरीले लागूऔषध अपराध अनुसन्धानमा ऐतिहासिक सफलता मानेको छ । उनले धादिङबाट विदेश घुमाउने भन्दै व्यक्तिहरूलाई थाइल्यान्ड, बर्मा, फिलिपिन्सलगायतमा देशमा लगेर लागूऔषध तस्करीमा प्रयोग गर्दै आएको डिआईजी चन्दले बताए । गिरोहका नाइके धर्म पाख्रिन बैंककमा बसेर सेटिङ मिलाउँथे भने पूर्णबहादुरले नेपालमा बसेर ओसार–पसारको प्रबन्ध गर्दै आएका थिए । पूर्णबहादुर पनि लामो समय बैंकक बसेर नेपाल फर्किएका हुन् ।

स्पेन जाने यात्रा बैंककमै रोकिएपछि

पूर्णबहादुर सन् २००३ मा एक मेनपावर एजेन्टलाई पैसा बुझाएर थाइल्यान्ड हुँदै स्पेनको यात्रामा थिए । तर, बैंककमा पुगेपछि उनी त्यहीँ अलपत्र परे । एक थाई युवतीसँग चिनजान भयो । उनैसँग करिब दुई महिना बसे । उनको टुरिस्ट भिसाको म्याद सकियो, तर थाई युवतीसँगको सम्बन्ध भने टुटेको थिएन।

उनै प्रेमिकाको सहयोगमा केही महिनापछि पूर्णबहादुर फेरि बैंकक गए । नुसारा नामक तिनै युवतीसँग किराना पसल राखेर बस्न थाले । दाइ धर्मबहादुर पाख्रिन थाइल्यान्डमै बस्ने भएकाले किराना पसलसँगै उनी लागूऔषध कारोबारको धन्दामा पनि लागे । फिलिपिन्स र म्यानमारमा गएर आइस ड्रग ओसार–पसारमा सक्रिय भए । त्यही क्रममा सन् २००९ मा उनी थाई प्रहरीबाट पक्राउ परे । तीन महिना जेल परेपछि २० हजार थाई भाट जरिवाना गराई थाइल्यान्ड फर्कन नपाउने गरी उनलाई नेपाल फर्काइएको थियो।

थाइल्यान्ड निकालापछि भरियामार्फत धन्दा

उनले बैंककमा रहेका दाइ धर्मलाई लागूऔषध ओसार–पसार गर्ने भरियाहरू पठाएर सहयोग गर्दै आएका थिए । धादिङका ८/१० जना व्यक्तिलाई उनले बैंकक तथा म्यानमार पठाएर एम्फेटाइमान ओसारपसारमा लगाएको अहिलेसम्मको अनुसन्धानमा खुलेको छ । एम्फेटाइमान महंगो लागूऔषधमध्ये एक हो । जसको एक किलोको करिब तीन करोड रुपैयाँमा बिक्री हुने गर्दछ । सो समूहले एकैपटक ५४ केजी आइस ड्रग अस्ट्रेलिया पठाएको थियो । जुन अस्ट्रेलियन प्रहरीले बरामद गरिसकेको छ । सो घटनामा पाख्रिन समूहले परिचालन गरेका तीनजना नेपालमा पक्राउ परिसकेका छन् ।



करोडौंको सम्पत्ति खोज्दै प्रहरी

पूर्णबहादुरलाई पक्राउ गरेपछि सो समूहको सम्पत्ति अनुसन्धानमा प्रहरी केन्द्रित भएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूको करोडौंको सम्पत्ति भेटिएको छ । पूर्णबहादुरले दुई वर्षअघि आफन्तको नाममा दुई करोड १० लाख रुपैयाँमा टोखामा नयाँ घर किनेका थिए । हाल सो घर उनले साथीको नाममा राखेका छन् । प्रहरीले पत्ता लगाउन सक्ने भएकाले उनले आफ्नो सम्पत्ति अन्य व्यक्तिको नाममा लुकाउने गरेको खुलेको छ । उनका बैंक खाताहरूसमेत प्रहरीले रोक्का गरेको छ । धादिङ सत्यदेवीका पाख्रिन दाजुभाइले लागूऔषधकै कारोबारबाट करोडौं सम्पत्ति जम्मा गरिसकेका छन् । एउटै लागूऔषध कारोबारमा नेत्र गुरुङले ५० हजार डलरसम्म धर्मलाई लगेर बुझाएको बयान दिएका छन् ।

पैसा आएपछि मात्र पक्राउ
चित्र र नेत्रलाई पक्राउ गरेपछि लागुऔषध नियन्त्रण ब्युरोको टोली पूर्णबहादुरको टोखास्थित घरमा पुग्यो । तर, उनी भागिसकेका थिए । आफ्ना दुई सहयोगी पक्राउ परेको आशंकामा उनी मोबाइलसमेत अफ गरेर घर छाडेका थिए । तर, प्रहरी निरन्तर उनको पिछा लाग्यो।

उनका विभिन्न गोप्य नम्बर पत्ता लगाई प्रहरीले गहन अनुसन्धान सुरु गर्‍यो । धेरै प्रयासपछि प्रहरी उनको एक साथीको सम्पर्कमा पुग्यो । ‘सर, उसले ५० लाख दिन्छु, यो केस जसरी पनि मिलाउनुपर्‍यो भनेको छ,’ प्रहरीसँग ती व्यक्तिले भने, ‘३० लाख मैले तिर्नु थियो, थप २० लाख दिएर केस मिलाउन लगाएको छ ।’ प्रहरीले सुरुमा पैसा भए केस मिल्ने भन्दै अनुसन्धान अघि बढायो । जब ५० लाख आयो त्यसपछि सो पैसा बरामद गरी पूर्णबहादुरलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । तर, अनुसन्धानमा सहयोग गरेकाले ती व्यक्तिलाई भने छाडिएको ब्युरोका एसएसपी गणेश केसीले बताए।

वैदेशिक रोजगारबाट फर्किएका ती व्यक्तिले अर्गानिक खेती गर्न भनेर पाख्रिनसँग सापटीस्वरूप ३० लाख रुपैयाँ लिएका थिए । ‘धेरै पैसा भएकाले लुकाउन गाह्रो ठानेर उसले सापटी दिएको हुनसक्छ,’ एसएसपी केसीले भने । उनले सुरुमा एक लाख फाइनान्स कम्पनीमा पठाएका थिए भने ९ वैशाखमा ४९ लाख रुपैयाँ नगद नै दिएका थिए । सो रकम राज्यकोषमा जाने प्रहरीले जनाएको छ।

करोडौँको सम्पत्ति खोज्दै प्रहरी

नयाँ पत्रिका दैनिकका अनुसार पूर्णबहादुरलाई पक्राउ गरेपछि सो समूहको सम्पत्ति अनुसन्धानमा प्रहरी केन्द्रित भएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूको करोडौँको सम्पत्ति भेटिएको छ । पूर्णबहादुरले दुई वर्षअघि आफन्तको नाममा दुई करोड १० लाख रुपैयाँमा टोखामा नयाँ घर किनेका थिए। हाल सो घर उनले साथीको नाममा राखेका छन् ।

डिएसपी शाहीको ‘अप्रेसन आइस’

पाख्रिनको गिरोहबारे एक महिनाअघि मात्र प्रहरीले चाल पाएको थियो । उनका दुई सहयोगी गत ३० चैतमा ३ सय २ ग्राम एम्फेटाइमानसहित पक्राउ परेका थिए । धादिङका नेत्र गुरुङ र चित्र तामाङलाई बैंककबाट फर्कने क्रममा प्रहरीले पक्राउ गरेको थियो । नयाँ वर्षको पार्टीमा बिक्रीका लागि भनेर उनीहरूले बैंककबाट खेलौना, सुटकेसको डन्डीमा लुकाएर लागुऔषध ल्याएका थिए। पक्राउ परेका चित्र पूर्णबहादुरका आफ्नै भतिज हुन् । उनीहरू पक्राउ परेपछि नै पाख्रिन दाजुभाइको गिरोहबारे प्रहरीले थाहा पाएको हो । डिएसपी प्रेम शाहीको नेतृत्वमा ब्युरोले चलाएको ‘अप्रेसन आइस’ एउटा ऐतिहासिक सफलता भएको प्रहरीको दाबी छ । पहिला लागुऔषध बोक्नेहरू मात्र पक्राउ पर्नेमा नाइके नै पक्राउ गरी उनीहरूको नेटवर्क ध्वस्त गर्न आफूहरू सफल भएको प्रहरी दाबी छ।





Comments

comments

Leave a Reply

12008