पुरुषभन्दा महिला किन रुन्छन् धेरै ?

लोग्ने मान्छे रोयो भने देख्नेहरू भन्छन्, पुरुष भएर पनि आइमाईजस्तो रुने हो ?

यसको मतलब पुरुष कठोर मनका हुन्छन् । सानातिना कुरामा पनि दुनियाँसामु आँसु चुहाउँदैनन् । हाम्रो सामाजिक मान्यता र बुझाइ पनि यस्तै नै छ ।

तर, यथार्थ भने फरक छ। महिलाभन्दा पुरुष कमै रुनु कठोर मनको कारण नभई हर्मोनको कारण हो ।

महिलाको भन्दा पुरुषको ‘टियर डक्ट’ ठूलो हुन्छ । पुरुषभन्दा महिलामा आँसुको प्रवाह बढी हुनुको एउटा कारण यही हो । यसैगरी, पुरुषमा महिलामा भन्दा बढी टेस्टोस्टेरोन हर्मन हुन्छ । टेस्टोस्टेरोनले आँसुलाई दबाइदिन्छ ।

महिला बढी रुन्चे हुनुमा प्रोल्याक्टिन नामको हर्मनले पनि भूमिका खेलेको हुन्छ । प्रोल्याक्टिनले धेरै आँसु उत्पादन गर्छ ।

आँसुसँगै निस्किने चिप्लो पदार्थले आँखाको रक्षा गर्न सघाउ पुर्‍याउँछ । भर्खर जन्मिएको बच्चा चर्को रोए पनि आँसु झर्दैन ।

वयस्क अवस्थामा पुगेपछि टेस्टोस्टेरोन र प्रोल्याक्टिन हर्मन विकसित हुन्छ । नयाँ पत्रिका दैनिकाअनुसार किशोरीहरू धेरै रुन्चे हुनुको कारण यही हर्मोनको गडबडीले हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

12306