Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङले गीत रेकर्ड गरे अमेरिकामा…

एचकेनेपाल डट कम संवाददाता –
न्युयोर्क, राई इज किङ याने कि नेपाली संगीतका बादशाह राजेशपायल राई नेपालमा हुंदा दैनिक ४/५ गीत रेकर्डिङ गर्छन् त्यो थाहा भएकै कुरा हो। तर उनी हाल अमेरिकाको विभिन्न राज्यहरुमा भव्य शो गर्दै आईरहेका छन्। यसै क्रममा उनी सोमवार न्युयोर्क आइपुगे।

यो कुरा थाहा पाएपछि न्युयोर्क निवासी गायिका पविता परिवारले उनलाई डुएट सोंग (युगल गीत) गाउन आग्रह गरिन्। राईले पविताको आग्रहलाई नाई नभनि गाइदिए।

‘न त दोष तिम्रो नै हो, न त मेरै हो’ बोलको उक्त गीतमा सुमन बुद्ध मगरको शव्द तथा संगीत रहेको छ।

राईले भारतपछि मुम्बईबाहेक विदेशमा गीत रेकर्ड गरेको यो दोस्रो मुलुक हो।

अमेरिकामा बस्दै आएका संगीतकार अोम कर्माचार्यले केही वर्ष अगाडि खोलेका न्युयोर्कस्थित अोम मेगा स्टुडियोमा उक्त गीत रेकर्ड भएको हो।

राईको मे ७ तारिखका दिन न्यु हेम्पशायरमा जन्मभूमिको लागि कार्यक्रम हुंदै छ। कार्यक्रममा राईसंगै महानायक राजेश हमाल, नायिका केकी अधिकारी र प्रिसिलाको समेत प्रस्तुती रहने छ।





Comments

comments

Leave a Reply

12310