‘गाउँ आएको बाटो’ बेलायतमा प्रिमियर हुदै…

सुरेन्द्र इङ्नाम –

लण्डन। गोर्खा वरियर्सले यहि आउदो जून २९ २०२४ को दिन सिने वर्ल्ड अल्डर्शटमा “गाउं आएको बाटो” अभिनेता दयाहाङ राईको साथमा ग्राण्ड प्रिमियर गर्ने भएको छ।

बाँसुरी फिल्मको ब्यानर र नबिन सुब्बाद्वारा निर्देशित नेपालको पूर्वी किरात बस्तीको राई समुदायको कथा वस्तु बोकेको यस चलचित्रको मुख्य भूमिकाको पात्रमा दयाहाङ् पशुपति राई र बालकलाकार प्रशन राई रहेका छन्।

निर्देशक सुब्बाले आफ्नो करियर थिएटर आर्टिस्टबाट सुरु गरेका हुन्। सन १९८८ मा रोयल नेपाल एकेडमीबाट सर्वोकृष्ट अभिनयबाट सम्मान पाएका हुन्। उनले नुमाफुङ्, गूड्बाई काठमाण्डूलगायत दर्जनौ कथा र निर्देशन् गरिसकेका छन । नुमाफुङ् लिम्बू समुदायको कथावस्तु समेटिएको थियो र जसले दर्शकहरुको अपार माँया पाएको थियो । यस पटक राई समुदायको कथावस्तु प्रस्तुत गरेका छन्। यस चलचित्र बेलायतमा २९ जुनमा सिनेवर्ल्ड अल्डर्शट र ३० तारिख पिक्चर हाउस आश्फोर्डमा २/२ सोहरु हुने छन्। आशफोर्डको सो हाउसफूल भैसकेको छ भने अल्डरशटको टिकट ९५ प्रतिशतले बिक्री भैसकेको छ।

सन २०१५ मा “गोर्खा वारीयर्स” बेलायतमा दर्ता गरेर आजसम्म विभिन्न ठूला ठूला साङ्गीतिक साँझ, अभिनेता र अभिनेत्रीहरुको साथमा चलचित्र प्रदर्शन गरिसकेका छन । केहि वर्ष अगाडी गोर्खा वारीयर्स सिनेमाको नाम यहि संस्थाको प्रभावमा बनेको अनुमान प्रष्ट देखिन्छ।

यस चलचित्रले बाबु-छोराको प्रेम, छोराको टिभी हेर्ने रहरलाई पूरा गर्नका निम्ति एउटा बुबाले गरेको सङ्घर्ष र गाउँको सङ्घर्ष देखाएको छ। एउटा नागरिकले सीप हुँदा हुँदै पनि गाउँ बजारमा आएको अत्याधुनिक सामग्रीहरुले आफ्नो बस्तु बेच्न सक्दैन र त्यो सीपलाई संवर्द्धन गर्न राज्यले कसरी सक्दैन भनेर यस चलचित्रले देखाएको छ। अन्तिममा, ‘टिभी चाहिँदैन, बाबा घर आऊ’ भन्ने सन्देशले बस्तु होइन, व्यक्ति महत्त्वपूर्ण छ भन्ने देखाएको छ।

निर्देशक, कलाकारले राम्रो अभिनय गरेका छन्। बाल कलाकारले झन् राम्रो अभिनय गरेको छ। कसैले गाउँ छोड्न नपरोस्, देश छोड्न नपरोस् आफ्नो कच्चा पदार्थ र सामग्रीहरुलाई राज्यले र जनताले प्रयोग गरौ जगेर्णा र सम्बर्द्धनको शुरुवात आफै हुन थाल्नेछ।





Comments

comments

120084