Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नामिबियाविरुद्ध नेपालको शानदार जीत (भिडियोसहित)

विश्व क्रिकेट लिग च्याम्पियसिप क्रिकेट अन्तर्गत शनिवार भएको खेलमा नामिबियाविरुद्ध नेपालले शानदार जीत हासिल गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो।

शरद भेषावकर र विनोद भण्डारीले उत्कृष्ट साझेदारी गरेसंगै नेपालले एक सय ९६ रनको चुनौती ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

प्रत्यक्ष प्रसारणको भिडियो यहाँ हेर्नुहोस्

नेपालका लागि शरद भेषवाकरले ९९ बलमा नटआउट ५० तथा विनोद भण्डारीले ४९ बलमा नटआउट ४० रन बनाए।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले समान २१, नरेश बुढाएरले १६, राजेश पुलामीले ९, राजु रिजालले ६ रन बनाए। नामिबियाका सारेल बर्गर र गेरी साइमनले समान दुई दुई विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो।

यो जितसँगै नेपालको विश्वकप छनौट खेल्ने सम्भावना कायम भएको छ।





Comments

comments

Leave a Reply

12025