दुई राजेशले हल्लाए अमेरिका…

एचकेनेपाल डट कम संवाददाता –
महाभूकम्पमा ध्वस्त भएका विद्यालयहरुको पुननिर्माणको लागि आयोजना भइरहेको अमेरिका टुरमा रहेका गायक राजेशपायल राई, महानायक राजेश हमाल, नायिका केकी अधिकारी र हास्यकलाकार सन्दीप क्षेत्रीले शुक्रवार अमेरिकाको हस्टनस्थित ताज महलमा नेपालीमय बनाए।

कार्यक्रममा नायक राजेश हमालले नेपालमा भूकम्प आउनुअघि नेपाल कस्तो थियो र आइसकेपछिको त्रासदीपूर्ण नेपाल कस्तो रहेको छ भन्ने मार्मिक कविता वाचन गरेका थिए।

नायिका केकी अधिकारीले राष्ट्रभावले अोतप्रोत गीत एवं बनमा फुल्यो फूल गीतले भरपूर मनोरञ्जन दिलाइन्। त्यस्तै हास्यकलाकार सन्दीप क्षेत्रीले हास्यव्यंगमार्फत राष्ट्रको समसामायिक विषयलाई उठान गर्दै देशप्रतिको उदाङ्गो नीतिलाई प्रहार गरे।

त्यस्तै कार्यक्रमका आकर्षण राई इज किङ याने कि राजेशपायल राईले दिक्तेल बजार, सागरसरी चोखो माया उक्त गीतमा राईलाई स्थानीय कलाकार विवेचना खतिवडाले साथ दिएकी थिइन्। त्यसपछि तिमीलाई रोजे तिमीले बाटो फेर्यौ अरे, नाई नभन्नु ल २, नाई नभन्नु ल ४, दर्शन नमस्ते र मोहनी लाग्ला है मा महानायक राजेश हमालले राईलाई साथ दिएका थिए।

कार्यक्रमको अन्तिम प्रस्तुती स्वरुप फेरि बसमा छैन यो मन गाउंदै कार्यक्रमको बिट मारे भने हस्टनबासीको बाग्लो उपस्थिति रहेको उक्त कार्यक्रममा दर्शकदीर्घबाट टिकटबाहेक सो सम्मान १६०० डलर उठेको घासी नेपालका अध्यक्ष माधव घिमिरेले बताए।

यो टोलीको अर्को कार्यक्रम अप्रिल १७ मा डल्लासमा हुंदैछ।

यो पनि हेर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12040