Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सोनाक्षी र मलाइकालाई नेपालमा नचाउंन खोज्दा विवाद

काठमाडौं, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ नेपाली सेनाको श्रीमती संघले भूकम्पपीडितको नाममा आगामी जेठ १ गते सैनिक मञ्च टुँडिखेलमा विशाल ‘कन्सर्ट’ गर्दैछ।

‘अमर पंक्षी’ नाम दिइको उक्त कन्सर्टका लािग लाखौँ खर्च गरेर बलिउडका कलाकार सोनाक्षी सिन्हा, मलाइका अरोरा खानलगायतका कलाकारलाई आमन्त्रण गरिएको छ।

सैनिक श्रीमती संघले ६० हजारभन्दा बढी दर्शकलाई मनोरञ्जन दिन उक्त कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितको सहयोगार्थ खर्च गरिने बताएको छ।

कार्यक्रमका लागि विभिन्न बैंकबाट करोडौँ प्रायोजन गरिएको छ। नेपालका विभिन्न वाणिज्य बैंकमा सैनिक कल्याणकारी कोषको करीव दुई खर्ब रुपियाँ डिपोजिट रहेको बताइन्छ। तिनै बैंकहरू यस कार्यक्रमका प्रमुख प्रायोजक रहेका छन्।

गत वैशाख १२ गते गएको भूकम्पमा नेपाली सेनाले निकै उत्कृष्ठ काम गरेको थियो। नेपाली सेनाले गरेको उद्धारको कामलाई विदेशका अन्य सेनाहरूले पनि निकै प्रशंसा गरेको थियो । तर, दुर्भाग्य भूकम्प गएको एक वर्ष हुन लाग्दासमेत पीडितहरूले सरकारबाट आवास निर्माणका लागि सहयोग पाउन सकेका छैनन्।

भूकम्पपीडित र पुनर्निर्माणका लागिविभिन्न देश र दातृ संस्थाले खर्बौं रुपियाँ सहयोग गर्ने बचन दिएका छन्। सरकारले पुनर्निर्माण र पीडितको राहतको कामलाई प्राथमिकतामा राखेको छ। पुनर्निमाण कार्यअगाडि बढाउने काम गरेको छ।

तर, यही बेला सैनिक श्रीमती संघले भूकम्पपीडितका नाममा यस्तो नौटंकी किन गर्नुप-यो भन्ने प्रश्न आमजनतामा उठेको छ। भूकम्प गएको एक वर्ष पछाडि गरिन लागेको यो ‘कन्सर्ट’ भूकम्पपीडितका लागि ठूलो व्याङ्ग्य हो। सरकारी कोषमा जम्मा भएको रकमसमेत खर्च हुन नसकेको अवस्थामा सैनिक श्रीमती संघले ‘कन्सर्ट’ गरेर कति घर परिवारलाई अवासको व्यवस्था गरिदिने हो भन्ने कुरा पनि उल्लेख छैन।

भूकम्पपीडितको नाममा धेरैले व्यापार गरेजस्तै रकम उठाउने माध्यामका रुपमा ‘कन्सर्ट’ गरिनुलाई सेनाको सस्तो लोकप्रियता ठानिएको छ।

यसअघि २०७१ सालमा पनि श्रीमती संघले भारतीय कलाकार मोहित चौहानलाई ल्याएर यस्तै नौटंकी गरेको कुरा आलोचनाको विषय बनेको थियो। अहिले भूकम्पपीडितको नाममा गर्न लागिएको यस नौटंकीको पनि सेनाभित्र आलोचना हुन थालेको खबर दृष्टि साप्ताहिकले छापेको छ।

भूकम्पको समयमा उद्धार कार्यमा जनताबाट स्यावासी पाएको नेपाली सेना, तिनका श्रीमती संघका कारण विवादमा आउनु राम्रो कुरा होइन।





Comments

comments

Leave a Reply

12097