Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
फेसबुकमा प्रियंका कार्कीको रुवाबासी किन चल्यो? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फेसबुकमा प्रियंका कार्कीको रुवाबासी किन चल्यो?

अभिनेत्री प्रियंका कार्की फिल्मका कारणभन्दा पनि अन्य क्रियाकलापले चर्चामा आउने गर्छिन्।

उनले गरेको अभिनयको भन्दा ‘डाइनिङ टेबल’ अनुभव, सामाजिक सन्जालमा उनले पोस्ट गर्ने भित्रिवस्त्र नलगाएका फोटो, सञ्चारकर्मीविरुद्धका उजुरीहरूले चर्चा पाउने गरेको छ।

पछिल्लो समय उनी फेसबुक स्टाटसका कारण समाचारकी पात्र बनेकी छिन्। उनले आफ्नो फेसबुकमा पोस्ट गरेका फोटा, भिडियो, स्टाटसहरूमा ‘फ्रेन्डस्’ले गर्ने गरेका अश्लील शब्दयुक्त गाली र कमेन्टप्रति बडो चित्त दुखाउँदै स्टाटस पोस्ट गरेकी छिन्।

उनले आफूले जे गरे पनि दर्शकले अश्लील शब्दमा गाली गर्ने गरेको गुनासो पोख्दै त्यसो नगरिदिनुहुन अनुरोधसमेत गरेकी छिन्।

फिल्मवृत्तमा प्रियंकालाई परेको यसप्रकारको मर्काप्रति चासो व्यक्त भएको छ। तर, कतिपयले भने उनले चित्त दुखाउँदै पोस्ट गरेको स्टाटसमा उल्लेख गरिएका शब्दप्रति नै आपत्ति जनाउँदै उनको चेतनाको स्तरको मूल्यांकन गरेका छन्।

आफूलाई पर्‍यो भन्दैमा सामाजिक सञ्जालमा त्यस्ता स्तरहीन शब्दमा स्टाटस लेखेकोप्रति प्रियंकाको स्तरमै खासखुस सुरु भएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।

मन नपरेको, खराब कमेन्ट गर्नेलाई ब्लक गर्ने अप्सन हुँदाहुँदै प्रियंकाजस्ती स्टार त्यति तल झरेर चित्त दुखाएको धेरैले मन पराएका छैनन्।

शब्द चयनमा प्रियंकाको यो अज्ञानताले उनैलाई हानि पुर्‍याएको फिल्मकर्मीकै ठम्याइ छ।

तस्वीरहरुः प्रियंका कार्कीको ट्विटरबाट





Comments

comments

Leave a Reply

12100