Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एक गुल्मेली एक रियाल अभियान सञ्चालन गर्ने

कुमार अविरल पन्थी / एचकेनेपाल डट कम –
कतार २ असार। गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको पाचौ साधारणसभा पछिको दोेश्रो नियमित बैठक शुक्रबार सम्पन्न भएको छ।

बैठक सस्थाका अध्यक्ष शिव खड्काको अध्यक्षतामा बसेको थियो। साथै उक्त बैठकमा रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको उपस्थिति रहेको थियो। हरेक महिनाको दोश्रो शुक्रबार बस्दै आएको संस्थाको मासिक बैठक यस महिना पनि शुक्रबार सम्पन्न भएकोे छ। उक्त बैठकले संस्थाका आगामी कार्ययोजना पारित गर्दै, एक गुल्मेली एक रियाल अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

एक गुल्मेली एक रियाल अभियानको लागि सहयोग गरिदिनुहुन कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई आग्रह गर्दै उक्त अभियानबाट संकलित रकमले प्रवासमा भइपरी आउने समस्याहरुको समाधान गर्ने कार्यमा सहयोग पुर्याउने छ। कतारमा रहनु भएका सम्पूर्ण गुल्मेलीहरुले गुल्मेलीको साझा संस्था गुल्मी सेवा समाज कतारको सदस्यता लिई सस्थामा आबद्ध हुन सक्नु हुनेछ।

अत्यधिक गर्मी, समाज सेवा प्रतिको मोह, परदेशी जीवन, अमुल्य समय, हामी नेपाली जहाँ भएनी एक हुन्छौ। प्रवासमा छौ सुख दुख दिन ब्यतित गर्दैछौ । प्रदेशमा के हुन्छ के हुदैन कसैलाई थाहा छैन भोलि समस्या पर्दा के गर्ने कहाँ जाने कसको सहारा लिने इत्यादि समस्या हुन्छन हामी प्रदेशी सँग । तर यस्ता समस्या केहि हद सम्म समाधान गर्नको लागि विभिन्न संघ संस्था खोलिएका छन् । यस्ता संघ सस्थामा आबद्ध रहेर प्रवासमा भइपरि आउने समस्याहरुको समाधान संगै प्रदेशमा दुख पिडामा छटपटाइरहेका नेपालीलाई सहयोग गर्नु हामी सबैको दायित्व हो।





Comments

comments

121