Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘किरात’ जर्नलको दोस्रो भाग प्रकाशित

एचकेनेपाल डट कम संवाददाता-
नेपाली पत्रकारितामा किरात राई जातिको योगदान र प्रतिनिधित्वबारे अनुसन्धानात्मक ‘किरात’ जर्नलको दोस्रो भाग प्रकाशित भएको छ। भीषणराईले सम्पादन गरेको उक्त जर्नल किरात राई पत्रकार संघले प्रकाशनमा ल्याएको हो।

नेपालको रेडियो इतिहासमा पहिलो उद्घोषक नारदमुनि थुलुङ र आमसञ्चार तथा पत्रकारितामा पहिलो स्नातकोत्तर लालध्वज देउसा राई रहेको दावी गरिएको छ।

नेपाली मिडियामा २००७ सालपछि किरात राई पत्रकारहरु संलग्न रहेको त्यसयताको समयलाई तीन चरणमा विभाजन गरिएको छ । २०३० देखि २०४६ साललाई दोस्रो चरणमा मातृभाषा पत्रकारिताको सुरुआत भएको तथा २०४७ सालपछि मूलधार र मातृभाषा गरी दुई धारमा पत्रकारिता निरन्तर रहेको गणेश वाम्बुले राईले उल्लेख गरेका छन्।

त्यसैगरी पदम राईले मातृभाषा पत्रकारिताको ‘अभ्यास’, राजेश चाम्लिङ राईले राई ‘समुदायको परम्परागत सञ्चारमाध्यम’, भीषण राईले ‘आमसञ्चार सिद्धान्त र राई पत्रकार’, राजेश राईले ‘मिडियामा आदिवासी जनजाति सवाल’, श्रीशीशा राईले ‘मातृभाषा पत्रकारिता अबको मूलधार’, टिएल राई, सइन्द्र राई, प्रतीक्षा बान्तावा, रीता राराहाङको लेख समेटिएका छन्।

त्यस्तै, गोपाल छाङ्छा, सञ्जयसन्तोषी राई, पुष्पहरि क्याम्पाराईको संस्मरण समेटिएका छन् भने अग्रज पत्रकारहरूको व्यक्तित्व तथा अन्तर्वार्ता प्रस्तुत गरिएका छन्। संघले विभिन्न १३ जिल्लामा रहेको किरात राई पत्रकारहरू स्थितिबारेमा चर्चा गरिएको छ।





Comments

comments

1210