Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा अभिनेता दयाहाङ राई अभिनन्दित

ईश्वर चाम्लिङ्ग / एचकेनेपाल डट कम –
बेलायतमा अभिनेता दयाहाङ्ग राईलाई अभिनन्दन गरिएको छ।

किरात राई यायोक्खा बेलायतले आयोजना गरेको अभिनन्दन कार्यक्रममा संस्थाका अध्यक्ष पदम राई बि.इ.एम.को बाहुलीबाट सुनको औठीसहित किरात राई संस्कार अनुसार सेतो फेटा पहिराएर अभिनन्दन गरिएको थियो।

बेलायतको अल्डरसटस्थित एक रेस्टुरेन्टमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा स्वागत मन्तब्य गर्दै संस्थाका उपाध्यक्ष चन्द्रबहादुर राईले नायक दयाहाङ्ग राई नै चर्चाको शिखर चुमेको सफल पहिलो जनजाति हिरो भएको र बेलायतबासी किरात राई उनको सफलतामा नतमस्तक भएको बताउनु भयो।

अभिनन्दन समारोहमा बोल्दै नायक राईले सातसमुन्द्र पारि पनि सबैसँग आत्मिय भेटघाट र अभिनन्दित हुन पाउदा आफूलाई ज्यादै खुशि लागेको बताउंनुभयो।

कार्यक्रम समापन गर्दै अध्यक्ष पदम राई बि.इ.एम.ले दयाहाङ्ग किरात राईहरुको मात्र हैन राष्ट्रकै गरिमा भएकोले किरात राई परिवारको राष्ट्रिय गरिमालाई बेलायतमा अभिनन्दन गर्न पाउँदा धेरै गर्व लागेको बताउनु भयो।





Comments

comments

Leave a Reply

12200