Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोर्खाली फाउन्डेसनले बनाई दियो बारपाकमा २४ सै घण्टा बत्तिको झिलीमिली

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। गत सालको वैशाखमा नेपालमा गएको महाभूकम्पले सबै भन्दा ज्यादा तहसनहस गोर्खा जिल्लाको बारपाकमा बिद्युत आपूर्ति सुरु भएको छ।


भूकम्पले ध्वस्त बारपाक

अमेरिकाको राजधानी डिसीमा गैरमुनाफा सामाजिक संस्थाको रुपमा उदाहरणीय काम गर्दै आएको गोर्खाली फाउन्डेसनले भूकम्प गएको ठीक बर्ष दिनमा बारपाकमा बत्ति जडान गरि २४ सै घण्टा झिलीमिली बनाई दिएको हो।

नेपालको राजधानी काठमाडौंबाट १७० किलोमिटर टाढा रहेको विनाशकारी भूकम्पको केन्द्रविन्दुले थालिएको बारपाकका जनताले २४ सै घण्टा उज्यालो देख्न पाउने भएका छन्। भूकम्पले बारपाकमा ७४ जनाको ज्यान गएको थियो।

गोर्खाली फाउन्डेसनले बिर बहादुर घले ,अशोका फेलो तथा उर्जा ब्यबसायीको सहकार्यमा सफलतापूर्वक सुक्ष्म जल बिद्युतको स्थापना गरेको छ।

गोर्खा फाउनडेसनका जन सम्पर्क तथा संचार निर्देशक निराकार उप्रेतीले प्रेस बिज्ञप्ति जारी गर्दै १ बर्षभित्र भूकम्पले थिलथिलो बनाएको बारपाकमा २४ सै घण्टा बिद्युत आपूर्ति गर्न सकेकोमा फाउनडेसनले खुसि व्यक्त गरेको छ।

यो परियोजनाको लागि नेसनल जियोग्राफिक ग्रेट इनर्जी च्यालेन्जले आर्थिक लगानी गरेको थियो भने गोर्खाली फाउनडेसनले ७० हजार अमेरिकन डलरको बिजयी बन्दै बारपाकको उर्जा पुनर्स्थापना सफलतापूर्वक सम्पन्न गरेको हो।

गोर्खाली फाउनडेसनले चन्दा दाता ,स्वयंसेवक तथा संचार माध्यमलाई नियमित समर्थन र सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेको छ।

यति मात्रमा आफूलाई सिमित नराखी आगामी दिनमा बारपाकको लागि एम्बुलेन्स किन्ने बारेमा प्रक्रिया सुरु गरि सकेको, बिद्यालय निर्माण गर्न सहयात्रीको खोजमा रहेको तथा अन्य थुप्रै काम गर्ने योजना रहेको उप्रेतीले जनाएका छन्।





Comments

comments

Leave a Reply

12203