Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लिस्बनको आप्रबासी नृत्य कार्यक्रममा नेपालको पनि सहभागिता

सुनिल संगम / एचकेनेपाल डट कम –
लिस्बन, बिश्व नृत्य दिवसको अबसरमा लिस्बनको इन्तेन्देन्ते चोकमा नेपाली नृत्य कलाकारहरुले नेपाली मौलिक कला-संस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरेका छन्।

आरोइस जुन्ता दि फर्गेसियाले २९ अप्रिलमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल, बंगलादेश लगायात अन्य मुलुकका आप्रबासी नृत्य कलाकारहरुले आफ्नो-आफ्नो देशको मौलिक नृत्यहरु प्रस्तुत गर्नुको साथै उपस्थित दर्शक माझ प्रशिक्षण पनि दिएको थियो।

नेपाली कलाकारहरु तथा नेपाली कला र संस्कृतिको प्रचारप्रसारमा हौसला र उत्साह प्रदान गर्न आरोइस जुन्ता दि फर्गेसियासंग उक्त कार्यक्रमको लागि गैर-आबासीय नेपाली संघ पोर्तुगलले समन्वयन गरेको थियो भने नेपाली कला, साहित्य तथा संचार परिषदको सहकार्यमा नेपाली कलाकारहरुको प्रस्तुति रहेको थियो।

विभिन्न देशका आप्रवासीहरुलाई पोर्चुगलको समाजमा घुलमिल हुन र चिनाउन प्रभावकारी हुने बिश्वास गरिएको सो कार्यक्रममा लिस्बनको लागि अवैतनिक नेपाली बाणिज्यदूत मकर बहादुर हमाल, गैरआबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमललगायत उलेख्य नेपालीहरुको उपस्थिति रहेको थियो भने अन्य भिभिन्न देशका आप्रबासी दर्शक तथा पर्यटकहरुले उत्सुकताका साथ उपस्थिति जनाएका थिए।





Comments

comments

Leave a Reply

12254