सहारालाई सहयोग गर्ने नायिका ढुंगानाको बचन

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा। चर्चित नायिका निता ढुंगानाले पोखराको सहारा एकेडेमीलाई केहि न केहि सहयोग गर्ने वचन दिएकी छन्।

कुसुम सिटौला आफ्नी मितिनीसंग पोखरा घुम्न आएको अवसरमा उनले शनिबार सहारा एकेडेमीमा पुगेर एकेडेमीका वालकहरसंग घेटघाट गरेपछि उनले अर्को पटक पोखरा आउदा केही न केही सहयोग गर्ने गरी आउने वचन दिएकी हुन्।

उनले भनिन “म पोखरा घुम्नको लागि आएकी थिएं, मैल चिनेको एक जना दाईसंग भाइभरमा कुरा भए पनि उहाँले पोखरा जादा सहारा एकेडेमी पनि एक पटक हेर्न जानुहोस् न भनि वेलायतबाटै सल्लाह दिएकोले एकेडेमीमा जाँदा म ज्यादै खुसि भए। ”

बाबु, आमाको मुख हेर्ने दिनमा र आफ्नो जन्म दिनमा वालआश्रम तथा बृद्धाश्रहरुमा जाने गरेको भन्दा सहारा एकेडेमी भिन्न तरिकाले व्यबस्थापन भएको र त्यहाँको मनोरम वातावरणले गर्दा आफू निकै प्रभावित भएको नायिका ढुंगाानाले बताईन्।

अनाथ तथा विपन्न बर्गका वालकहरुले अवसर पाएको खण्डमा जे पनि गर्न सक्छन् भन्ने सन्देस एकेडेमीका वालहरुले दिएको उनले बताईन्।

पोखरा १७ देभिल्लामा हाल १६ जिल्लाका २६ जना वालकहरु रहेको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।

फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12258